ताजा अपडेट »

१० महिनापछि काठमाण्डौंमा भौतिक रुपमै शैक्षिक संस्था खुल्दै

विहीबार, ०८ माघ २०७७, ०९ : ४०
4 Shares

काठमाण्डौं । विश्वव्यापी कोरोना महमारीले बन्द भएको काठमाण्डौं उपत्यकाका विद्यालय १० महिनापछि सञ्चालनमा आउने भएका छन् । स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्न स्थानीय निकायले सहमती दिएपछि अजादेखि विद्यालय खोल्न लागिएको हो ।

उपत्यकाका काठमाण्डौं महानगरपालिका बाहेक अन्य नगरपालिकामा असार पछि नै भौतिक रुपमा विद्यालय सञ्चालनमा आएका थिए । काभ्रे, बनेपालगायत देशभरिका अन्य नगरपालिका र गाउँपालिकाले यसअवधिमा विद्यालय खोल्ने र संक्रमितको दर बढ्ने बित्तिकै बन्द गर्ने गरेका थिए । सरकारले अनलाइन वा वैकल्पिक माध्यमबाट पढाउन र उक्त माध्यमबाट पढाएको कुरालाई मान्यता दिन असारमा निर्देशिका जारी गरेको थियो ।

काठमाडौं महानगरपालिकाबाहेक अन्तका अधिकांश विद्यालयलाई कोरोना सेन्टर र आइसोलेसन र क्वारेन्टिन भवन बनाइएपछि विद्यालय शिक्षा झनै अलपत्र परेको थियो । काठमाडौं उपत्यकाको हकमा भने कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेकाले वैकल्पिक माध्यममा पढाउन नसकिएको ठाउँमा कतै विद्यालय आलोपालो गरी खुलिरहेका थिए भने अधिकांश विद्यालय बन्द थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।