ताजा अपडेट »

‘क्याम्पस गायब ,विद्यार्थी अलपत्र’

आइतबार, ०४ माघ २०७७, २० : ४६
6 Shares

दाङ । विश्वभरका कुनैपनि विश्वविद्यालयका चिकित्साशास्त्र पढ्ने विद्यार्थीहरु क्याम्पस नपाएको अवस्था छैन । विश्वव्यापी कोरोना महामारीमा त चिकित्सा शास्त्र पढ्ने सबै विद्यार्थीहरुलाई अनिवार्य रुपमा कलेज उपस्थित हुन आह्वान गरियो । त्रिभुवन विश्वविद्यालय होस् वा काठमाडौ विश्वविद्यालयका चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीहरु लकडाउनमा पनि कलेजमा पुगे । क्याम्पस भवनमै उनीहरुलाई प्रयोगात्मक अभ्याससंगै प्रयोगात्मक अभ्यास पनि गराइयो । कोभिडका बिरामीलाई पनि यसरी उपचार गर्ने भन्ने विषयमा पद्धति सिकाइयो, तर नेपाल संस्कृत विश्वविद्यालय भने प्रदेश सरकारको अस्थाइ कोरोना अस्पताल बनिरहंदा विद्यार्थीहरु फेरी नारावाजीमा उत्रिएका छन् । धेरै नागरिकहरुले होम आइशोलेशनमै बसेर उपचार गरिरहेका छन्, ताकी ती क्याम्पसका विद्यार्थीहरुले आफ्नै क्याम्पसमा पठनपाठन गर्न पाउन र प्रयोगात्मक अभ्यास पनि गर्न पाउन भनेर ।

तर प्रदेश सरकारले त नेपाल संस्कृत विश्वविद्यालयलाई आफ्नै संपत्तिका रुपमा प्रयोग गरिरहेकोमा आफुहरुको आपत्ति रहेको विद्यार्थीहरुको भनाइ थियो । आइतबार अफिस समय अगावै उनीहरु कोरोना अस्थाई अस्पतालमा पुगेर फेरी पहिलेकै नारा दोहो¥याए, हाम्रो क्याम्पस हामीलाई दे, समयमै विएएमएसको कोर्ष सकाउ, हामीलाई विश्वविद्यालयको अभिभावकत्व चाहिन्छ, पैसा हामीले तिरेका छौं, नतिजाका लागि आतुर छौं । आइतबारको नारावाजीलाई अझै विश्वविद्यालयले आधिकारीक रुपमा संबोधन गर्न सकेको छैन ।

क्वारेन्टाइन राख्न र आइशोलेशन वार्ड बनाउने नाममा मुलुकको अरबौं रुपैयाँ खर्च भएको छ । घोराही र तुलसीपुर उपमहानगरपालिकाले पनि अस्वाभाविक रुपमा भाडा तिरेरै आइशोलेशन वार्डमा धेरै बजेट खर्च गरे । तर अब विश्व लकडाउन मुक्त भैरहंदा पनि वेलझुण्डीमा आयुर्वेद चिकित्सा पढ्ने विद्यार्थीहरुमाथी स्थानीय सरकारको पनि शून्य रेस्पोन्स भएको छ ।

‘हामीलाइ हाम्रो कलेज चाहिएको मात्रै हो, हामी घरमै पढेर चिकित्सक बन्न सक्दैनौं, कसैको व्याक्तिगत स्वार्थ हामीलाई थाहा छ, तर पदाधिकारीहरु मौन बस्नु अत्यन्तै दुर्भाग्यपुर्ण हो’विएएमएसका विद्यार्थी हेमराज पन्तले भने । उनी छैठौ व्याचका विद्यार्थी हुन् । उनलाई प्रयोगात्म कक्षा मात्रै अब आवश्यक छ, तर उनीहरुलाई फेरी बिजौरीमा सार्ने अभ्यास भएपछि उनीसँगै आम विद्यार्थीहरुले बिजौरीमा पढ्न चाहेका छैनन । किनकी बिजौरीमा अस्थाइ कोठा बनाउनुभनेको फेरी पनि विद्यार्थीहरुलाई अन्योलमा पार्नु मात्रै हो । प्रदेश सरकारका अस्पतालहरुलाइ अनियमितताको आरोप पनि सार्वजनिक लेखा समितिले लगाइसकेको अवस्था छ । तर पनि अस्पतालले आधिकारीक खर्च विवरण देखाउन सकेका छैनन् । बिरामीलाई उपचार गर्नुको साटो अनियमितताका लागि मात्रै वेलझुण्डि कोरोना विशेष अस्पताल चल्न थालेका आम नागरिकहरुको बुझाइ छ ।

नेपाल सरकारले तोकेको प्रादेशिक अस्पताल दाङ जिल्लामा तुलसीपुरको अस्पताल मात्रै हो । ५/७ जना बिरामीलाई तुलसीपुर प्रादेशिक अस्पतालको एउटै कोठामा व्यवस्थापन गर्न असहज छैन । तर पनि प्रदेश सरकार यो विषयमा किन बोलिरहेको छैन ? विद्यार्थीहरुको त्यहि माग थियो आइतबारको आन्दोलनमा पनि । हामी एउटै मागमा आन्दोलन गरिरहेका छौं, तर न हाम्रा पदाधिकारीहरुले हाम्रो आवाज सुनिरहेका छन्, नत प्रदेश सरकार र संघीय सरकारले । अनलाइन कक्षाले मात्र चिकित्सक बन्नका लागि प्रयाप्त छैन, यसका लागि भौतिक उपस्थिती बीचमै पढाइ सुरु गर्न पनि विद्यार्थीहरुले आग्रह गरेका छन् ।

सबै अनलाइन कक्षाबाट हुन्छ भने क्याम्पसका भौतिक संरचनाहरु किन बनाउनुपर्याे ? घरबाटै विएएमएस पास गराइन्छ भने विद्यार्थीहरुले त्यहि अनुरुपको अपेक्षा गर्नुपर्ने हो, अन्यथा हामीलाइ शुल्क तिरे अनुरुपको पाठ्यक्रम अनुरुपको पढाइ होस् भन्ने हो । विद्यार्थीका माग जायजः डिन पोख्रेल विद्यार्थीहरुले क्याम्पस फिर्ता आन्दोलन गरिरहदा नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानका डिन प्राध्यापक डा सन्जय पोख्रेलले विद्यार्थीहरुका माग जायज भएको बताएका छन् । कम्तिमा एक बर्ष उनीहरुले अनलाइन कक्षामा थ्योरी अध्ययन गरे, तर अब उनीहरुलाई प्रयोगात्मक कक्षाका लागि क्याम्पस भवन चाहिन्छ, हामीले पनि यो विषयमा विश्वविद्यालयका पदाधिकारी तथा प्रदेश सरकारका अधिकारीसँग कुरा गरिरहेका छौं’—डिन पोख्रेलले भने ।

कोभिड विशेष अस्पताललाई चांडै अ्रन्यत्र व्यवस्थापन गरी त्यहाँं विएएमएसका विद्यार्थीहरुको पठनपाठन नियमित गर्न आफु पनि अत्यन्तै आतुर रहेको पनि उनको अभिव्यक्ति थियो । चिकित्सा शास्त्रमा अनलाइन पढाइ एउटा सेमेस्टरका लागि स्वाभाविक हुन सक्छ, तर फेरी पनि अनलाइनमै पढाइले विद्यार्थीहरुले प्रयोगात्मक कक्षा लिन सक्ने अवस्था रहदैन । मुख्यमन्त्रीले भनेपछि मात्रै अस्पताल सर्छः मेसु विनोद सिंह यसैबीच तुलसीपुर प्रादेशिक अस्पतालका मेसुसंगै कोरोना विशेष अस्पतालका सदस्य सचिवसमेत रहेका डा विनोद सिंहले प्रदेश सरकारका मुख्यमन्त्रीले भनेअनुसार हुने बताएका छन् । उहांकै आग्रहमा वेलझुण्डिमा कोरोना विशेष अस्पताल राखिएको भन्दै मुख्यमन्त्रीले आवश्यक निर्देशन दिएपछि मात्रै अस्पताल हट्ने अडान दोहो¥याए । हामीलाइ अन्तै अस्पताल व्यावस्थापन गर्ने भन्ने कुनै आदेश आएको छैन, आदेश नआउँदासम्म हामीले वेलझुण्डीमै कोरोना विशेष अस्पताल चलाउने हो’, मेसु सिंहले भने ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी