ताजा अपडेट »

माघ १० गतेभित्र कक्षा १२ को नतिजा सार्वजनिक हुने

शुक्रबार, ०२ माघ २०७७, १३ : ५५
2 Shares

काठमाडौं । कक्षा १२ को परीक्षा नतिजा यही माघ १० गतेभित्र सार्वजनिक हुने भएको छ । अहिले डाटा इन्ट्री र रुजु गर्ने काम भइरहेकोले माघ १० गतेसम्म नतिजा सार्वजनिक गर्ने तयारी रहेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

केही समयअघि नै नतिजा सार्वजनिक गर्ने तयारी भए पनि विद्यालयहरूले डाटा पठाउन ढिलाई गरेको कारण नतिजा सार्वजनिक मिति केहि दिन सरेको पौडेलको भनाई छ । जेठमै हुनुपर्ने परीक्षा कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित भई मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।