ताजा अपडेट »

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चको आदेश

मंगलबार, २८ पुस २०७७, १७ : ०१
4 Shares

काठमाडौं । सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट खारेज गरिदिएको छ । यससँगै नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ ।

मंगलबार न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश दिएको हो । असोज २८ गते भागवत अर्याल लगायतले नयाँ पाठ्यक्रम लागु नगर्न पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।