ताजा अपडेट »

सिकाइ निरन्तरता अभियान शुरु

मंगलबार, २८ पुस २०७७, १२ : १९
6 Shares

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेफ) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वयमा गरिएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भर्चुअलरुपमा आज सो अभियान शुभारम्भ गरे । सचिव मैनालीले नेपालको संविधानको मौलिक हकमा विद्यालय शिक्षालाई निःशुल्क र अनिवार्य गरिएका सन्दर्भमा सो अभियानले विद्यार्थीको अधिकारको सुनिश्चितताका लागि योगदान दिने विश्वास व्यक्त गरे ।

नेपाल शिक्षक महासङ्घ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घलगायत संस्थाको सहकार्यमा कोभिड–१९ पछिको विषम स्थितिलाई ध्यान दिई सिकाइ निरन्तरता अभियान शुरु भएको छ ।

रासस
लेखकको बारेमा
रासस