ताजा अपडेट »

प्रधानमन्त्रीले संविधानमाथि ‘कु’ गरे : युवा नेता गुरुङ

आइतबार, १९ पुस २०७७, ११ : ४४
8 Shares

बुटवल । नेकपा प्रचण्ड-नेपाल समुहका नेता तथा युवा संघका पूर्व उपाध्यक्ष राजु गुरूङले प्रधानमन्त्री केपि शर्मा ओलिले संविधान माथी कु गरेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले २०१७ सालमा रामा महेन्द्रले गरेको कु भन्दा पनि खतरनाक रुपमा अहिलेको संविधान कु गरिएको बताए ।

युवा संघ नेपाल र अनेरास्ववियुले आइतबार आज रिपोटर्स क्लब बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता गुरुङले प्रधानमन्त्रीका कारण कम्यूनिष्ट पार्टी र संविधान ध्वस्त पार्ने काम भएको बताए । प्रतिनिधि सभा पुनःस्थापना नहुँदासम्म सडक संघर्ष जारी राख्ने बताउँदै उनले फेरी पनि युवाहरु जुटेर सडक तताउने चेतावनी दिए ।

संसद पुनःस्थापना नै संविधान र देश बचाउने एक मात्र विकल्प भएको बताउँदै उनले प्रधानमन्त्रिलाई काम गर्न दिइएन भनेर संसद विघटन गर्नु गलत भएको बताए । एमसिसिलाई राष्ट्र हितमा बनाउनुपर्ने सुझाव मात्रै पार्टिले दिएको तर, प्रधानमन्त्रीलाई काम गर्न दिईएन भन्ने कुरा गलत भएको बताए ।

युवा संघका केन्द्रीय सचिवालय सदस्य सरिता श्रीसले प्रधानमन्त्रीले संविधानमाथि गरेको प्रहारका विरूद्व सडमा आएको बताइन । उनले कसैलाई प्रधानमन्त्री वा राष्ट्रपति बनाउन सडकमा नआएको बताइन । ‘के का लागि हो चुनाव, यो चुनावको सुनिश्चितता के छ ?’-प्रश्न गर्दै उनले भनिन् ‘आन्तरिक विवादका कारण संविधानको घाँटी निमोठ्न पाईदैन, हाम्रो भविष्यमाथि खेल्ने अधिकार कसैलाई छैन, चुनावमा आउने नैतिकता छैन ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।