ताजा अपडेट »

१२ सय उजुरी, अन्तर्घातका गुनासा धेरै

सोमबार, १६ बैशाख २०७६, १० : ३८

वैशाख १६,

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले गत चैत मसान्तसम्म देशभरबाट प्राप्त भएका करिब १२ सय उजुरीको पोको खोल्न सुरु गरेको छ । समितिले देशभरबाट प्राप्त उजुरीलाई आइतबारको बैठकबाट खोल्न सुरु गरेको हो ।

समितिका संयोजक भीष्मराज आङ्दम्बेले समितिमा नयाँ ३ सय र पुराना ९ सय गरी करिब १२ सय हाराहारीमा उजुरी प्राप्त भएको र त्यसलाई खोल्न सुरु गरिएको जानकारी दिए । ‘आइतबारको बैठकबाट हामीले उजुरी हेर्न सुरु गरेका छौं । अब उजुरीका विषयमा केस स्टडी हुन्छ । त्यसपछि प्रमाण हेर्छौं,’ समितिका संयोजक आङ्दम्बेले भने । उनले प्राप्त नयाँ उजुरीमध्ये धेरैजसो स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको गत निर्वाचनमा पार्टीले तोकेका आधिकारिक उम्मेदवारमाथि भएको अन्तर्घातका गुनासोसँग सम्बन्धित रहेको बताए ।

यस्तै, गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक र समर्थकका साथै कांग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिको नाममा समेत उजुरी परेको उनले जानकारी दिए । -राजधानीबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।