१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

गुल्मी । जिल्ला ट्राफिक कार्यालयको सक्रियतामा २० लाख बढि राजस्व संकलन भएको छ । पछिल्लो ५ महिनामा ट्राफिक प्रहरीले सवारी नियम उल्लङगन गरि चलाउने बिभिन्न सवारी साधनहरुमा गरिएको कारवाहीमा धेरै राजस्व संकलन गर्न सफल भएको हो ।

Advertisement

आर्थिक वर्ष २०७७/०७८ को ५ महिनासम्मको अबधीमा जिल्ला ट्राफिक कार्यालय गुल्मीले गरेको सवारी कारबाहीमा २० लाख ५७ हजार राजस्व संकलन भएको हो । यो अबधीमा ३ हजार ५० वटा सवारी कारवाहीमा परेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी सहायक निरिक्षक जगन्नाथ पाण्डेयले बताए । जस अनुसार साउन महिनामा ४५० वटा सवारी कारवाहीमा २ लाख ७२ हजार ५ सय राजस्वर संकलन भएको छ । त्यस्तै भदौ महिनामा ४५० वटा सवारी कारवाहीमा २ लाख ७९ हजार ९ सय राजस्वर संकलन भएको छ ।

असोज महिनामा ६ सय सवारी कारवाहीमा ४ लाख २३ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै काक्तिक महिनामा ७५० वटा सवारी कारवाहीमा ५ लाख १२ हजार राजस्व संकल भएको छ । मंसिर महिनामा ८ सय सवारी कारवाहीमा सबैभन्दा धेरै ५ लाख ७० हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटना न्यूनिकरण गर्न दैनिक जसो सडकमा सञ्चालन हुने साना, ठूला सवारी साधनका चालक, सहचालक र यात्रुहरुलाई दुर्घटना न्यूनिकरण सम्बन्धी प्रशिक्षण गरेको जिल्ला ट्राफिक कार्याल्य गुल्मीका प्रमुख प्रहरी सहायक निरिक्षक पाण्डेयले बताए । यसले सवारी दुर्घटना न्यूनिकरण गर्न मद्दत गर्ने प्रहरीको उद्देश्य रहेको छ । जिल्ला सदरमुकाम तम्घासमा हुने सवारी चापलाई मध्य नजरराखेर बिभिन्न रुटमा सवारी चलाउने नियम बनाएको ट्राफिक प्रहरीले जनाएको छ ।

सदरमुकाम तम्घास भएर आवत जावत गर्ने टिपरहरुलाई उदिनढुंगाबाट धागिथुम हुँदै बाख्रेछेडा भएर आवत जावत गर्ने रुट बनाएर भिडभाड कम गर्ने काम गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । त्यस्का साथै मालवाहक सवारी साधनलाई लोड अनलोड गर्न लोड गर्न ुमय तोकिएको छ । बजार भित्र सामान अनलोड गर्न बेलुकी ४ बजेदेखि बिहान ९ बजेसम्म समय तोकिएको जिल्ला ट्राफिक कार्याल्य गुल्मीका प्रमुख प्रहरी सहायक निरिक्षक पाण्डेयले बताए ।

त्यस्तै लोड गर्न बिहान ९ बजेदेखि बेलुकी ४ बजेसम्म समय तोकिएको छ । बजार भित्र सडक सानो रहेकाले पनि यसले बजार क्षेत्र भित्र हुने ट्राफिक जामलाई कम गर्ने काम गरेको पाण्डेयले बताए । ट्राफिक प्रहरीले जिल्लामा सवारी दुर्घटना न्यूनिकरण गर्नका बिद्यार्थीहरुलाई सचेतना कक्षा संचालन गर्नुका साथै सुरक्षित चालक बनाउनका लागि कक्षा संचालन, यातायात ब्यबसायीहरु, चालक तथा सहचालकहरुलाई निरन्तर सचेतना कक्षा गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर