ताजा अपडेट »

थप ६ सय १३ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

विहीबार, ०९ पुस २०७७, १६ : ३०
10 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ६ सय १३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४७ हजार ४०० स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०८ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ७ हजार ३८४ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।