ताजा अपडेट »

कांग्रेस सभापति देउवाले बोलाए सर्वदलीय बैठक

सोमबार, ०६ पुस २०७७, १० : ३२
10 Shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाएको स्रोतले बताएको छ ।

बैठकमा संसद विघटन, चुनाव घोषणालगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको छ । आइतबार पनि कांग्रेस, नेकपा र जसपाका नेताहरुको संयुुक्त बैठक बसेको थियो । बैठकले सरकारको पछिल्लो कदमको विरोध गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । राष्ट्रपति भण्डारीले वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणासमेत गरेकी छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।