ताजा अपडेट »

करेन्ट लागेर रुपन्देहीमा एक जनाको मृत्यु

बुधबार, ०१ पुस २०७७, १६ : २४
4 Shares

बुटवल । रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालिदह की २३ वर्षीय सम्झना चाँइको आफ्नै घरको कोठामा मंगलबार बिहान करेन्ट लागि आगलागी हुदाँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

आगलागीबाट दराज भित्रको कपडा, सुत्ने ओछ्याकन लगायतका बस्तुहरू जलेको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।