ताजा अपडेट »

देउवाको आरोप : 'ओलीकै कारण राजावादी सडकमा आए'

सोमबार, २९ मंसिर २०७७, १५ : ३४
12 Shares

बुटवल । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारकै कारण राजावादी सडकमा आएको बताएका छन् । उनले राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको आरोप लगाए ।

‘अहिले राजा आउ देश बचाउ भन्दै सडकमा हिँडेको देखिन्छ । देउवाले भने, त्यो कम्युनिस्ट सरकार र ओलीकै कारण भएको हो ।’

मकवानपुरको हेटौंडामा विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै देउवाले कम्युनिष्ट सरकारबाट जनता वाक्क दिक्क भएको कारण देशभर आन्दोलन गर्न बाध्य भएको बताएका छन् । उनले सडक जाम गरेर, पसल बन्द गराएर यसरी विरोध गर्न रहर नभएको भन्दै सरकारका कामले जनता आजित भएको बताए ।

सम्बन्धित समाचार :

https://www.globalaawaj.com/archives/68820
https://www.globalaawaj.com/archives/68819
https://youtu.be/7deenNYlG1E
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।