ताजा अपडेट »

सरकार र मिल मालिकको मिलेमतोको सिकार बने उखु किसान : पौडेल

सोमबार, २९ मंसिर २०७७, ११ : ५७
8 Shares

बुटवल । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उखु मिलका मालिक र सरकारबीचको मिलेमतोको शिकारमा किसानहरू परेको बताएका छन् । सोमबार सामाजिकसञ्जाल फेसबुकमार्फत नेता पौडेलले उखु किसानको आन्दोलनको समर्थनमा नेता पौडेलले यस्तो बताएका हुन् ।

नेता पौडेलले ट्विटमार्फत सरकार र चिनी मिलका मालिकहरुको मिलिभगत र लापर्वाहीको सिकार किसान बन्न पुगेका बताएका छन् । उनले तत्काल किसानको समस्या समाधान गर्न सरकारलाई आवहान गरेका छन् ।

‘नेपाली उखु किसान आफ्नो पसिनाको मोल नपाएर गुहार माग्न राजधानी आएका छन् । मिल मालिक र सरकारमा रहेकाहरुको मिलिभगत र लापर्वाहीको शिकार बनेका किसानहरु प्रति पुर्ण सहानुभूति र एकबद्दता प्रकट गर्दै उनको माग यथाशीघ्र पूरा गरेर राहत दिलाउन जोडदार आवहान गर्दछु । जय नेपाल १’ उनले लेखेका छन्।

सर्लाहीका उखु किसानले आइतबारबाट माइतीघर मण्डलामा धर्ना दिन थालेका छन् । गत वर्षको पुस १८ गते सरकार र उखु किसानबीच भएको ५ बुँदे सहमति कार्यन्वयन नभएपछि उनीहरु पुनः काठमाडौं आएका हुन् । उनीहरुका अनुसार चिनी उद्योगले झण्डै ९० करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

https://www.globalaawaj.com/archives/68659
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।