ताजा अपडेट »

विवादपछि रामचन्द्र पौडेलले गरे बुल्दीखोलाको पुल उद्घाटन

विहीबार, १८ मंसिर २०७७, १३ : ५२
8 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन् ।

पुल उद्घाटन स्थलमा ठूलो संख्यामा कांग्रेस कार्यकर्ता उपस्थित थिए । बिहिबार कुनै अवरोध भएको छैन । ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेपछि नेता पौडेललाई प्रहरीले बुधबार ३ घण्टा नियन्त्रणमा राखेर छोडेको थियो । उक्त पुल उद्घाटन विषयमा सत्तापक्ष र प्रतिपक्षीबीच विवाद हुँदै आइरहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।