ताजा अपडेट »

तनहुँमा झडप : काग्रेस बरिष्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा ,कफ्र्यू जारी

बुधबार, १७ मंसिर २०७७, १६ : ३०
2 Shares

बुटवल । तनहुँको व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा संघबीच झडप भएको छ । झडप पछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुल उद्घाटन गर्न आफ्नो निर्वाचन क्षेत्र तनहुँमा पुग्नुभएका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । सामाजिक सञ्जाल ट्विटरमा आफूलाई प्रहरीले हिरासतमा लिएको पौडेलले जानकारी गराएका छन् ।

स्थानीय प्रशासनले बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाइएको हो । नेपाली कांग्रेसले जसरी पनि पुल उद्घाटन गर्ने र युवा संघले जसरी पनि रोक्ने भनी विवाद सृजना भएपछि सम्भावित झडपलाई रोक्न निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय तनहूले जनाएको छ ।

एक पक्ष पुल उद्घाटनका पक्षमा रहेको र अर्को पक्ष विरोधमा उत्रँदा हुन सक्ने झडपको स्थितिलाई विश्लेषण गरी निषेधाज्ञा लगाइएको प्रशासनद्धारा जारी सूचनामा उल्लेख छ । व्यास–१ र १० को पृथ्वी राजमार्गमा चल्ने सवारी साधनबाहेक गल्बुबेसी, बुल्दीखोला पुल, रानीगाउँ, घाँसीकुवा, मुसेखोला अंम्रेनीलगायत ४ किल्ला क्षेत्रभित्र ५ जनाभन्दा बढी व्यक्ति एक ठाउँमा जम्मा हुन रोक लगाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।