ताजा अपडेट »

सिसिआई कम्प्युटर इन्स्टिच्युटले विद्यार्थीलाई वर्ल्ड च्याम्पियनसीपमा लैजाने

आइतबार, १४ मंसिर २०७७, १५ : ३१
14 Shares

बुटवल । बुटवलमा रहेको सिसिआई कम्प्युटर इन्स्टिच्युटले विद्यार्थीलाई यसवर्ष माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वर्ल्ड च्याम्पियनसीपमा लैजाने भएको छ । इन्स्टिच्युटले मापदण्ड पुगेका साविक लुम्बिनी अञ्चलका सबै विद्यार्थीलाई च्याम्पियनसीपमा सहभागी गराउने भएको हो ।

जिल्ला स्तरीय प्रतियोगिता संचालन गर्नको लागि इन्स्टिच्युटले लुम्बिनी अञ्चल भित्र रहेका सम्पूर्ण विद्यालय तथा कलेजसंग सहकार्य गर्ने भएको छ । प्रतियोगितामा भाग लिन चाहानेहरुको लागि रजिष्टे«शन पुस १ गते देखि हुने सि सि आई कम्प्युटर इन्स्टिच्युटले जनाएको छ । प्रतियोगितामा १३ वर्ष पूरा भई २२ वर्षसम्मको जो कोही सहभागी हुन सक्ने सिसिआई कम्प्युटर इन्स्टिच्युटका संस्थापक राजु थापाले बताए । अघिल्लो वर्ष १३ देखी १८ वर्ष उमेर समूहलाई प्रतिस्पर्धा गराईएको उनले जानकारी दिए । प्रतियोगिता जिल्ला स्तरीय, राष्ट्रिय र अन्तराष्ट्रिय गरी तीन तहमा संचालन हुने गर्दछ । जिल्ला स्तरको परीक्षा सफल गरेकाबाट छानिएका जिल्ला स्तरीय विजेताहरु नेशनल च्याम्पियनसीपका लागि काठमाण्डौ जानेछन् । काठमाण्डौमा ७७ जिल्लाबाट छानिएका ४ सय ६२ जना बिजेताहरु बीच प्रतिस्पर्धा हुनेछ ।

काठमाण्डौबाट प्रत्येक विधाका २ जना गरी शीर्ष ६ जना विद्यार्थी वल्र्ड च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गर्दै अमेरिकाको ओर्लान्डो, फ्लोरिडा जाने छन् । माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वर्ल्ड च्याम्पियनसीपमा विद्यार्थीलाई सहभागी गराउनका लागि सिसिआई कम्प्युटर इन्स्टिच्युट लुम्बिनी अञ्चलको अधिकारीक संस्था हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।