१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

काठमाण्डौं । आजदेखि १२ को परीक्षा आज बिहान ८ बजेदेखि सञ्चालन हुँदैछ । विद्यार्थी बसेकै ठाउँ नजिकका ४ हजार १ सय ५ वटा केन्द्रमा ४ लाख ३३ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनकालागि हिमाली जिल्लाहरुमा प्रश्नपत्र पठाइसकेको र अन्य जिल्लामा परीक्षा सञ्चालन हुनुअघी इमेलबाट पठाउने जनाएको छ ।

कोभिड १९ को संक्रमणका कारण स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्न लगाएर परीक्षा सञ्चालन गरिने छ ।संक्रमित तथा कोभिडसँग लक्षण मिल्दोजुल्दो देखिएका बिरामीका लागि पछि बेग्लै परीक्षा सञ्चालन गर्ने पनि बोर्डको योजना छ । कोभिडका कारण बोर्डले ४० अंकको परीक्षा लिन लागेको छ ।

साथै उत्तरपुस्तिका समेत विद्यालयकै सम्बन्धित शिक्षकहरुबाट परीक्षण गराइ मंसिर २२ गतेभित्र प्राप्ताङ्कको फाइल बोर्डको कार्यालयमा पठाउनुपर्ने निर्देशन बोर्डले दिएको छ । परीक्षा सम्पन्न भएको १ महिना भित्रै परीक्षाफल प्रकाशित गर्ने पनि बोर्डको तयारी छ । बैशाख महिनामा सञ्चालन हुनुपर्ने परीक्षा कोभिड १९ का कारण हुन सकेको थिएन ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै