७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु जनस्वास्थ्य प्रोटोकल पालना गर्दै करिब ८ महिनापछि औपचारीक रुपमा सञ्चालनमा आएका छन् । कोरोना महामारीको कारण गत चैतदेखि बन्द रहेका विद्यालयहरुमा विद्यार्थीलाई भौतिक रुपमै कक्षाकोठामा शिक्षणसिकाई क्रियाकलापमा सहभागी गराउने गरी आजबाट सञ्चालनमा आएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी गराए ।

Advertisement

सरकारले तय गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचाअनुसार जनस्वास्थ्य प्रोटोकल मापदण्ड अवलम्बन गरी र नगर शिक्षा समितिको विस्तारित बैठकमा छलफल भई नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार पारित गरेको मापदण्डमा रही विद्यार्थीको पठनपाठन सुचारु गरेको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए ।

विद्यालयले कक्षाकोठा भित्र विद्यार्थीहरुको भौतिक दुरी कायम गर्न एक बेञ्चमा दुई जना विद्यार्थी मात्र राख्ने व्यवस्था मिलाई र विद्यार्थी संख्या, भौतिक पूर्वाधारको उपलब्धता समेतको आधारमा कक्षा एकदेखि आलोपालो विधिबाट कक्षा सञ्चालन गर्ने गरि सञ्चालनमा आएको प्रवक्ता श्रीले बताए ।उनले विद्यालयहरुले व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी लगायत सरोकारवाला सबैलाई समेटी मापदण्डअनुसार कक्षा सञ्चालन कार्ययोजना बनाई नगरपालिकाको शिक्षा शाखामा पेश गरेका विद्यालयहरु औपचारिक रुपमा सञ्चालनका आएको र अन्य संस्थागत तथा सामुदायिक विद्यालयहरु पनि सञ्चालनमा आउन कार्ययोजना बनाईरहेको बताए ।

ज्वरो तथा रुघाखोकी लागेका विद्यार्थी वा एकाघरका सदस्य कोरोना संक्रमित भएमा ती परिवारका विद्यार्थीलाई विद्यालय पठाउन नपाईने र विद्यार्थी, शिक्षक, कर्मचारी विद्यालय हाताभित्र प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हातधुने, मास्क लगाउने, तापक्रम मापन गर्ने व्यवस्था सम्बन्धित विद्यालयले मिलाउनु पर्नेछ ।

मापदण्डअनुसार अर्को निर्णय नहुँदासम्म विद्यालयले कक्षा १ भन्दा तल प्लेग्रुप, नर्सरी, एलकेजी, युकेजीका विद्यार्थीलाई विद्यालय बोलाउन पाउने छैनन् । यस्तै चार सयभन्दा बढी विद्यार्थी संख्या भएका विद्यालयले अनिवार्य रुपमा कम्तिमा एक जना विद्यालय नर्सको व्यवस्था गर्ने तथा सोभन्दा कम विद्यार्थी भएका विद्यालयले नजिकको सरकारी स्वास्थ्य संस्थासँग समन्वय र सम्पर्क गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने मापदण्डमा उल्लेख गरिएको थियो ।

विद्यालयमा विद्यार्थीहरुको बसाई अवधि लामो हुन नदिन मध्यान्तर नगरी निरन्तर रुपमा कक्षा सञ्चालन गर्नुपर्ने, बस सेवा सञ्चालन गर्दा सिट क्षमता भन्दा बढी विद्यार्थी राख्न नपाइने, बस प्रयोग गरेको दिनको आधारमा मात्र विद्यार्थीबाट बस भाडा लिनुपर्ने पनि मापदण्डमा तोकिएको छ ।
तोकिएको मापदण्डअनुसार विद्यालय सञ्चालन भए नभएको अनुगमन गर्न जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक संघ–संस्था, प्याब्सन, एनप्याब्सनका प्रतिनिधि रहेको अनुगमन समिति समेत पनि गठन गरिएको छ ।

नगरमा कुल ४३ वटा सामुदायिक विद्यालयहरु र ३९ वटा निजी विद्यालय रहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने