बुटवल । दुर्लभ संरक्षित वन्य जन्तु चितुवाको छालासहित बुटवलमा ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीका अनुसार गुल्मी दरबार गाउपालिका -४ का २२ वर्षीय बिमल मगर ,रुपन्देहीको बुटवल उपमहानगरपालिका- ७ का ३० वर्षीय बिश्व भट्टराई, गुल्ली दरबार गाउपालिका- ४ का २४ वर्षीय संजिव पेमी र गुल्मी दरबार गाउपालिका-४ का १८ वर्षीय बिशाल राना मगर रहेका छन् ।
उनीहरूकाे चितुवाको छाला ६ फिट लम्बाई १ फिट ३ ईन्च चौडाई भएको १ थान बरामद भएकाे प्रहरी प्रवक्ता खत्रीले बताए ।बुटवल–९ स्थित इट्टाभट्टीमा रहेकाे विशाल होटल एण्ड रेष्टुरेण्टबाट शुक्रबार बिहान साढे १० बजेतिर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया