६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा आज मध्यरातदेखि लकडाउन गरिने भएको छ । नगरपालिकामा कोरोना भाइरस संक्रमण बढ्दै गएको भन्दै राति १२ बजेदेखी यहि मंसिर १३ गते राति १२ बजेसम्म लकडाउन गर्न लागिएको मेयर डिल्लीराज भुसालले जानकारी दिए ।

Advertisement

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड-१९) संक्रमणको जोखीम कम गर्न नगरपलिकामा लकडाउन गरिने भएको हो । लकडाउनको अवधिमा एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षकर्मी, इन्धन, सरसफाई, स्वास्थ्यसेवा तथा औषधी पसलहरु पूर्ववत रुपमा सञ्चालन हुने र नगरपालिकाका सम्पूर्ण वडा तथा नगरपालिका कार्यालयबाट अत्यवाश्यक बाहेक अन्य सेवाहरु बन्द गरिने नगरपालिकाले जनाएको छ । नगरक्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पठनपाठन पूर्णरुपमा बन्द गर्ने, माध्यमिक शिक्षा उत्र्तीण परीक्षा (कक्षा १२ को अन्तिम परीक्षा) राष्ट्रिय परीक्षा बोर्डबाट संचालन र व्यवस्थापनमा यही मंसिर ९ गतेबाट नै निर्देशित कार्यविधि, मापदण्ड र समय समयमा दिइएका जिम्मेवारी अनुसार सुचारु रुपमानै सञ्चालन गरिने भएको छ ।

तरकारी, फलफुल, दुध तथा दुधजन्य पदार्थको विक्री वितरण जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दे बिहान ७ बजेदेखी ९ बजेसम्म र साझँ ५ बजेदेखी ६ः३० बजेसम्म संचालन गर्ने, अन्य पसलहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी दैनिक बिहान ७ बजेदेखी बिहान ९ बजेसम्म मात्र सञ्चालन गर्न रेसुङ्गा नगरपालिकाले अनुरोध गरेको छ । बढी मानिस जमघट हुने स्थानमा १० जना भन्दा बढी भेला नहुने, उद्योगधन्दा, निर्माणकार्य जुन स्थानमा भएको छ सोही स्थानमा कामदारहरुलाई खाने बस्ने व्यवस्था मिलाई सञ्चालन गर्न नगरपालिकाले आग्रह गरेको छ । अन्य स्थानबाट आउने सवारी साधनहरु रेसुङ्गा नगरपालिकाको निश्चित पार्किङस्थल बाहेक अन्य स्थानमा नरोक्ने, सम्पूर्ण नगरबासीहरु अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने रेसुङ्गा नगरपालिकाको जारी सूचनामा उल्लेख छ ।

बैंक तथा वित्तिय संस्थाहरुले अत्यावश्यक सेवा स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्ने, शारीरिक व्यायाम, खेलकुद तथा अन्य गतिबिधिहरु लकडाउन अवधिभर जमघट भएर नगर्न नगरपलिकाले आग्रह गरेको छ । नियमको पालना नगरेको पाइएमा संक्रामक ऐन, २०२० बमोजिम कारबाही हुने नगरपालिकाले जनाएको छ । अहिलेसम्म रेसुङ्गा नगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या १७७ पुगेको छ । संक्रमितमध्ये १३६ जनाले कोरोना भाइरस जितेर घर फर्किएका रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले जानकारी दिए । अहिले यस नगरपालिकामा कोरोना भाइरस संक्रिय सक्रमितको संख्या ४१ रहेका अर्यालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

भाटभटेनीलाई झापाली जनताको उत्साहजनक साथ, बिर्तामोड स्टोरमा छुट यथावत प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सिबीच भेटवार्ता महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप, असोज १० गतेसम्म अभियानको समय थप आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पूरा नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित ‘स्वास्थ्य सामग्रीमा वितरणमुखी बनेर राज्यलाई कंङ्गाल नबनाऔं’ एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य