७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

सैनामैना । करेन्ट लागेर गम्भिर घाइते भई उपचार गराइरहेका सैनामैना–६ पटनाका असोक घिमिरेको उपचारमा सहयोग गर्ने उद्देश्यले यस क्षेत्रका कलाकर्मीहरुले बचाउ अभियान संचालन गरेका छन् ।

Advertisement

वाइरिङ गर्ने क्रममा करेन्ट लागेर घाइते बनेका २५ बर्षिय घिमिरेको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचार भैरहेको छ । गम्भिर अवस्थामा उपचार भैरहेको उनको उपचार खर्च अभाव भएपछि केही राहात होस् भन्ने उद्देश्यसहित सैनामैना मुर्गियामा संचालित नटराज कलाकेन्द्र र बुटवल मझुवामा रहेको नित्यम कलाकेन्द्रले संयुक्त आयोजनामा ‘असोक घिमिरे बचाउ अभियान’ संचालन गरेका हुन् ।

उपचार खर्च बढि लाग्नेभएपछि उनको परिवारले सहयोगको याचना गरका थिए । मानवता देखाउदै केही राहात होस् भनेर विभिन्न स्थानमा सांगेतिक प्रस्तुतिहरु देखाउदै आर्थिक रकम जुटाउने अभियान चलाइएको कलाकर्मी एवम् नटराज कला केन्द्रका संचालक बिक्रम रानाले बताए । सक्नेले सहयोग गरौ, घिमिरेको ज्यान बचाऔ भन्दै सडक सडकमा पुगेर सांगितिक माध्यमबाट रकम संकलन गर्दै आएको उनले बताए । करिब हप्तादिन अघिबाट सुरु गरिएको अभियानबाट पहिलो चरणमा १२ हजार १ सय ६० रुपैया संकलन गरि परिवारलाई हस्तान्तण गरिसकिएको उनले बताए ।


हप्तामा १/२ दिन समय मिलाएर दुबै कलाकेन्द्रमा प्रशिक्षण लिइरहेका विद्यार्थीहरु एवम् कलाकर्मीहरुको सहभागितामा विभिन्न चोक तथा सडकहरुमा गई आर्थिक रकम उठाइएको कलाकर्मी एवम् नित्यम कलाकेन्द्रकी संचालिका बबिता धितालले बताइन् । उनको उपचार खर्चमा राहात पुर्याउनका लागि यो अभियान जारी रहने कलाकेन्द्रले जनाएको छ । करिब १ महिना अघि, कामको शिलशिलामा वाएरिङ गर्ने क्रममा घिमिरेको करेन्ट लागी छतबाट खसेर गम्भिर घाइते हुन पुगेका हुन् । उनको कम्मरबाट तल्लो भागमा गम्भिर असर पुगेको छ । सामान्य पारिवारीक स्थिति भएका घिमिरेको भैरहवामा उपचार भैरहेको छ । उनको उपचारमा करिब १५ लाखसम्म लाग्ने परिवारले जनाएको छ ।

यसअघि विभिन्न संघसंस्थाहरुले अभियान चलाएका छन् । सत्य संजाल, टिम नेफो सैनामैना, आदिखोला ब्वाइज गु्रप, जेसिस सैनामैना, विदेशमा रहेका नेपालीहरुको सहयोग लगायतबाट आर्थिक संकलन जारी रहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल