५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

दाङ । २०५६ सालमा जनयुद्धमा लागेका दाङ शान्तिनगर गाउँपालिका वडा नम्बर ३ बस्तीखोलाका भीमबहादुर विक अर्जुनले १५ वर्षसम्म तत्कालिन नेकपा माओवादीमा सक्रिय भए । देशका विभिन्न स्थानमा भएका लडाईँका मोर्चामा सहभागी अहिले पुर्ख्यौली पेशा काठको ठेकी बनाएर दैनिकी चलाइरहेका छन् ।

Advertisement

परिवर्तनका लागि भनेर १० वर्षे सशस्त्र युद्धमा हिंडेका दाङ शान्तिनगर गाउँपालिका वडा नम्बर ३ बस्तीखोलाका भीमबहादुर विक (अर्जुन)लाई पुरानै पेशामा फर्कनुपर्छ भन्ने लागेको थिएन । देशमा परिवर्तनका लागि हतियार समातेका अर्जुन अहिले पनि हतियार नै चलाउनुहुन्छ । तर अहिले उनले चलाउने हतियार र उद्देश्य फरक छ । उनी अहिले देशको परिवर्तनका लागि हैन पेट पाल्नका लागि हतियार चलाउँछन् । ५ छोरी र श्रीमतीसहित ७ जनाको पालनपोषणका लागि उनले ठेकी बनाउने पुर्ख्यौली पेशा अँगालेका छन् ।

२०६३ सालमा शान्तिवार्ता भएपछि पार्टीकै निर्देशनमा वाइसीएल बनेर निस्किएका अर्जुनले २०७० सालको निर्वाचनसम्म पनि पार्टीकै निर्देशनमा काम गरे । तर उनलाई पार्टीको काम चित्त बुझेन । अनि २०७१ सालमा उनी यो पेशामा फर्किए । गिट्ठाको रुख खोज्नु, त्यसलाई ताछेर विभिन्न साइजका ठेकी बनाउने र त्यसलाई गाउँगाउँमा लगेर बिक्री गर्नु अहिले अर्जुनको दैनिकी बनेको छ ।

नेताका चिल्ला भाषणको प्रभावमा परेर १६ वर्षे लक्का जवानीमा २०५६ सालमा युद्धमा लागेका अर्जुन अहिले आएर जवानी खेर फालेकोमा पछुतो मानेका छन् । अर्जुनले पुर्ख्यौली पेशाको संरक्षणका लागि भाइहरुलाई आग्रह गरे पनि मानेनन । तर छोरी ओमकुमारीले भने बुवाको पेशामा सघाउँदै र रमाउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ