ताजा अपडेट »

बीएससी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा मंसिर २८ गतेदेखि(तालिकासहित)

मंगलबार, २५ कार्तिक २०७७, १३ : ४८
2 Shares

बुटवल । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोना भाइरसको कारण स्थगित परीक्षा २८ मंसिरदेखि सुरू गर्नेगरी परिक्षा तालिका सार्वजनिक गरेको छ ।

विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा संकायतर्फको चार वर्षे बीएस्सी, बीबीएस र बीएडको चौथो वर्षका नियमित तथा आंशिक परीक्षा सञ्चालन गर्न त्रिवि, परीक्षा नियन्त्रण कार्यालयले तालिका सार्वजनिक गरेको हो ।

त्रिविका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्न लागिएको हो । पुस १४ गतेसम्ममा सबै परीक्षा सकिने गरी तालिका सार्वजनिक गरिएको छ ।

यस्तो छ परिक्षातालिका:-

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।