ताजा अपडेट »

शुद्धोधनमा खुल्ला वक्तृत्वकला प्रतियोगिता

शुक्रबार, २१ कार्तिक २०७७, १६ : ४५
6 Shares

बुटवल । रुपन्देहीको शुद्धोधन स्काई सञ्जाल शुद्धोधनद्वारा आयोजित खुल्ला वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । एक भब्य समारोहका साथ अन्नपूर्ण सहकारि संस्थाको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रममा कोभिड–१९ ले निम्त्याएको परिवर्तित शिक्षा र शिक्षण प्रणाली विषयक वक्तृत्वकलामा विभिन्न विद्यालयबाट १० जना विद्यार्थीहरूको सहभागीता रहेको थियोे।

जसमा ज्ञानपुञ्ज मा.बि.का सुजल कंडेल, प्रथम, मान मटेरीया साथी सन्जालकी ममता मिश्र द्धितीय, फर्साटिकर मा.बि.की छात्रा सन्ध्या थापा तृतीय र पुजा काफ्लेले शान्त्वना स्थान हासिल गरेका थिए। विजय विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले मेडल तथा प्रमाणपत्र प्रदान गर्दै कोभिड–१९ को प्रभावमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यार्थीहरूका कलात्मक विचारहरू पस्कने मौका प्रदान गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिए । साथै प्रतिस्पर्धामा उत्रने सम्पूर्ण विद्यार्थीहरूलाई उज्जल भविष्यको कामना गर्दै शिक्षा जीवनपयन्त भएको हुँदा यो वा त्यो बाहानामा शिक्षा लिनबाट बन्चित नहुन सबै विद्यार्थीहरूलाई आग्रह गरेका थिए ।

शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष शान्ता ज्ञवालीको प्रमुख आतिथ्यता, शुद्धोधन गाउँ पालिका वडा नम्बर ५ का वडा अध्यक्ष पुण्यप्रसाद गौतमको विशिष्ट आतिथ्यता,सञ्जालका संरक्षक तारा पुरि तथा विभिन्न विद्यालयका शिक्षकहरूको आतिथ्यता तथा सञ्जालका अध्यक्ष सुनिल हरिजनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रमको संचालन सन्जालकी सदस्य रेनु अर्यालले गरेकी थिइन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।