ताजा अपडेट »

मंसिर ४ गतेसम्म पठन-पाठन नगर्न तिलोत्तमाको निर्देशन

विहीबार, २० कार्तिक २०७७, १० : ५५
6 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मंसिर ४ गतेसम्म नगरभित्रका विद्यालयलाई भौतिक रुपमा पठन–पाठन नगर्न निर्देशन दिएको छ ।

नगरपालिकाले नगरभित्र कोरोनाको संक्रमण तिब्र गतिमा फैलिरहेकाले असोज २४ गते एक सूचना जारी गरी अर्को सूचना नभएसम्मका लागि विद्यार्थीलाई विद्यालयमा भौतिक रुपमा उपथित नगराई सिकाई क्रियाकलाल सञ्चालन नगर्न/नगराउन निर्देशन दिएको थियो ।

केही विद्यालयहरुले विद्यार्थीहरुलाई भौतिक रुपमा विद्यालयमै उपस्थित गराई शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गरेको भन्दै नगरले मंगलबार सूचना जारी नगरी मंसिर ४ गतेसम्ममा भौतिक रुपमा कक्षा सञ्चालन नगर्न भनेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।