ताजा अपडेट »

सल्बलाउँदै आन्तरिक पर्यटन, देवदहको गौतम बुद्ध उद्यानमा पर्यटकको आकर्षण

सोमबार, १७ कार्तिक २०७७, १८ : ५८
38 Shares

बुटवल । नोभल कोरोना भाइरस (कोभिड–१९) को माहामारीले विगत करिव ८ महिनादेखि समग्र भूगोलको अर्थ व्यवस्थालाई धरासायी बनाएको छ । चीनबाट गत डिसेम्बरको अन्तिमबाट देखा परेको कोरोना संक्रमणका कारण सबैजसो मूलुकका गतिविधि प्रायःठप्प बनेका छन् । नेपालमा पनि गत चैतदेखि भएको लकडाउन र कोरोना कहरले अन्य क्षेत्रजस्तै पर्यटन क्षेत्र ठप्प रह्यो ।

साउनदेखि लकडाउन खुलेपनि पर्यटन क्षेत्र भने अझैपनि पूर्णतया खुल्न सकेको छैन । लकडाउन र कोरोना कहरबाट प्रभावित हुने क्षेत्रहरुमा पर्यटन अग्रपंत्तिमा आउँछ । हाल एकातर्फ कोरोना संक्रमण बढ्दो छ भने अर्कोतर्फ घुमफिरका लागि आर्थिक अवस्था पनि कमजोर छ । पछिल्लो सयम विस्तारै आन्तरिक पर्यटन भने सलबलाउन लागेको छ । कोरोना जोखिम बढे पनि लामो समयदेखि घरमै सिमित रहेकाहरु अहिले भने विस्तारै बाहिरका स्थानीय पार्क लगाएत आकर्षक स्थानहरुमा घुम्न थालेका छन् ।

यसैगरी लुम्बिनी प्रदेशको रुपन्देही देवदह स्थित नगरपालिका–६ ज्योतिनगरको गौतम बुद्ध राष्ट्रिय उद्यानमा आन्तरिक पर्यटक घुम्न जान लागेका छन् । कोरोना संक्रमणका कारण झण्डै ७ महिनापछि उद्यान खुला गरिएको गौतम बुद्ध राष्ट्रिय उद्यानका अध्यक्ष टेक बहादुर रानाले बताए । ‘उद्यानमा घुम्न आउने पर्यटकहरुलाई सामाजिक दुरी कायम गर्न तथा अन्य सुरक्षाका मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेका छौँ । उद्यानका अध्यक्ष रानाले भने । स्थानीय सरकारको अनुमति लिएर उद्यान खुला गरिएको हो ।’–उनले अघि भने ।

लकडाउन भन्दा अघि दैनिक ५/६ सयको संख्यामा आन्तरिक पर्यटक आउने गरेको भएपनि अहिले उक्त संख्यामा भने कमि आएको गौतम बुद्ध राष्ट्रिय उद्यानका सदस्य हरि पौडेलले बताए । ‘लकडाउन भन्दा पहिला दैनिक ५/६ सय आन्तिरक पर्यटक उद्यानमा आउने गरेका थिए, अहिले भने दैनिक २/३ सयको संख्यामा आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् सदस्य पौडेल भने । उनले अघि भने अन्य दिनमा आउने भन्दा शनिबार आउनको संख्या बढी रहेको छ ।’ शनिबार गौतम बुद्ध राष्ट्रिय उद्यान पार्कमा घुम्न गएका बुटवलका एक युवाले पार्कमा भएका बुद्धका मुर्ति र झरना निकै आकर्षक रहेको बताए । बन्दका कारण लामो समयसम्म घर भित्र बस्दा दिक्क लागेकोले सुरक्षाका मापदण्ड अपनाएर घुम्न आएको बताए ।

बुद्ध सामुदायिक वनको करिब ८ हेक्टर क्षेत्रफलमा उक्त उद्यान रहेको छ । १० वर्षे गुरुयोजना बनाएर करिब १ करोडको अनुमानित लागतमा निर्माण उद्यानको निर्माण कार्य लकडानका कारण रोकिएको अध्यक्ष रानाले बताए । ‘चैत्र ११ गतेदेखिको लकडाउनका कारण उद्यानको निर्माण कार्य ठप्प रहेको थियो, कात्तिकदेखि भने निर्माणको कार्य पनि सुरु भएको छ ।’ अध्यक्ष रानाले भने । बाच्चाहरुलाई चिल्डेन गार्डेन, आर्टिसिफसिल झरना, फुलबारी र पिकङीक पार्क लगाएतका काम भइरहेको बताए ।

गतवर्ष काष्ठ कला सम्मेलन गरी देशभरका कलाकारले १७ वटा काठका बुद्ध सम्बन्धी मुर्ति निर्माण गरेको पनि उनले बताए । हाल उद्यानमा झरना र बुद्ध सम्बन्धी मुर्ति हेर्न तथा काठको आकर्षण सिढीँमा फोटो खिच्न आउने गरेका छन् । उद्यानको निर्माणका लागि प्रदेश सरकारले २० लाख सहयोग गरेको अध्यक्ष रानाले बताए ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।