२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

सैनामैना । कोरोना कहर नहुँदो हो त यतिबेला तराइका गाउँ–गाउँमा दुर्गा पूजाको रौनकले दशैं आएको छनक दिन्थ्यो । दूर दराजका गाउँबस्ती पनि विहान र साँझमा दुर्गा देवीका भजनले गुञ्जिन्थे । छुट्टै रोमाञ्चकता थपिन्थ्यो तर, यो वर्षको दशैं न खल्लो छ न रौनक नै ।

Advertisement

कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै तराइका तिनवटै पश्चिम नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले चोक चोकमा मूर्ति स्थापना गरेर भीडभाड नगर्न निर्देशन गरेका कारण विगतमा जस्तो यो वर्ष तराईका गाउँ गाउँमा त्यति रौनक नभएको स्थानीय बताउँछन । नवरात्रको नौ दिन देवी दुर्गाका मूर्तिसँगै गणेश, कार्तिकेय, सरस्वती र लक्ष्मीका मूर्तिहरुमा स्थापना गरी पूजा गर्ने मान्यता छ ।

सरकारले सामूहिकरुपमा भेला भएर पूजा, भेला तथा सभा र सम्मेलन गर्न रोक लगाएपछि तराईमा दुर्गा पूजाको रौनक गत वर्षभन्दा कम छ । सरकारले सामूहिक पूजामा रोक लगाएपनि तराइका आदिवासी थारु र मधेशी समुदायको बसोबास रहेको गाउँ–गाउँमा धेरथोर दुर्गा पूजाको रौनक छ । घटस्थापनाको दिन दुर्गा स्थापना गरेर दशैंको दश दिनसम्म पूजा गर्ने परम्परा तराइको वषौंदेखिको चलिआएको रीति हो ।

कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै तराइका तिनवटै पश्चिम नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले चोक चोकमा मूर्ति स्थापना गरेर भीडभाड नगर्न निर्देशन गरेका कारण विगतमा जस्तो यो वर्ष तराईका गाउँ गाउँमा त्यति रौनक नभएको स्थानीय बताउँछन । नवरात्रको नौ दिन देवी दुर्गाका मूर्तिसँगै गणेश, कार्तिकेय, सरस्वती र लक्ष्मीका मूर्तिहरुमा स्थापना गरी पूजा गर्ने मान्यता छ ।

देवी दुर्गा स्थापनाका लागि भारत तथा सिमावर्ती नेपालका विभिन्न शहरबाट दुर्गा मुर्ति खरिद गरेर ल्याउने गरिएको छ । कोरोनाको जोखिम रहेपनि यो वर्ष दुर्गा मुर्ति स्थापना गरेर पुजाको परम्परालाई निरन्तरता दिइएको भएपनि विगतमा जस्तो रमाइलो भने नभएको सैनामैना ४ कुसमाहाका केवलप्रसाद थारुले बताए । उनी भन्छन् – गत वर्ष दुर्गा मूर्ति लिन गाउँभरीका मान्छे जान्थ्यौं, नाचगान हुन्थ्यो, रमाइलो पनि धेरै हुन्थ्यो तर कोरोनाका कारण यो वर्ष भने थोरै मान्छे गएर ल्यायौं ।

दुर्गा मूर्ति स्थापना गरेपछि गाउँकै मान्छे जम्मा भएर नाचगान गर्ने र रमाइलो गर्ने चलन छ तर विहान र साँझमा पूजा गर्ने र दुर्गाका भजनमा नाचगान गर्ने विगतको जस्तो रमाइलो यो वर्ष नभएको चौधरीले बताए । उता दुर्गा स्थापनाको सातौ दिन बन्द गरिएको दुर्गाको मुख खोल्ने (पट्टी) खोल्ने प्रचलन छ । घटस्थापनाको दिन ल्याइने दुर्गा माता मुर्तिको मुख बन्द गरिएको हुन्छ र सप्तमीका दिनमात्र खोलिन्छ ।

सप्तमीको साँझ भक्तजन भेला भएर दुर्गाको मुख खोल्ने वषौंदेखिको परम्परा छ । तर, अहिले जसले धेरै पैसा दिन्छ उसैले पहिलोपटक दुर्गाको मुख हेर्ने अवस्थाले सांस्कृतिक महत्वलाई पैसासँग साटिएकोमा धेरैको चित्त बुझेको छैन ।

यसरी मुख खोल्दा पैसा बढाबढ गरेर जसले बढी पैसा कबुल्छ उसैले पट्टी खोल्ने परम्परा पनि छ । रुपन्देहीका तराईका गाउँमा एकलाख ५ हजार रुपैयाँसम्म कबुल गरेर यो वर्ष दुर्गा माताको पट्टी खोलिएको शुद्दोधन १ का मनोज यादवले बताए । सप्तमीको साँझ भक्तजन भेला भएर दुर्गाको मुख खोल्ने वषौंदेखिको परम्परा छ । तर, अहिले जसले धेरै पैसा दिन्छ उसैले पहिलोपटक दुर्गाको मुख हेर्ने अवस्थाले सांस्कृतिक महत्वलाई पैसासँग साटिएकोमा धेरैको चित्त बुझेको छैन ।

गैडहवा गाउँपालिका ५ का सूर्यनारायण चौधरी भन्छन– वषौंदेखिको दुर्गा माताको पूजा र भजन परम्परामा वीचमा पैसा घुसाएर दुर्गा पूजाको सांस्कृतिक महत्वलाई ओझेल बनाउन खोजियो । उता पूजाको रौनक बढाउन र श्रद्धालुलाई बढी भन्दा बढी आकर्षित गर्न दुर्गाको मुख खोल्ने बोल कबोललाई अन्यथा लिन नहुने सूर्यपुराकै महेश यादवको धारणा छ ।

१० दिन पूजा गरेर सोही दिन अर्थात दशैंको दिन नै दुर्गा विसर्जन गर्ने परम्परा छ । तराईमा प्रत्येक वर्ष दुर्गा पूजाको रौनक हुने गरेपनि यो वर्ष भने कोरोना कहरकै कारण श्रद्धालु भक्तजनको सहभागिता कम भएको बताइएको छ । कुसमाहाका केवलप्रसाद चौधरीको भनाईमा विगतको वर्षमा अरु गाउँबाट पनि श्रद्धालु भक्तजन पूजामा सरिक हुन आउने गर्थे । तर, यो वर्ष भने कोरोनाकै कारण पूजाको परम्परा गाउँ गाउँमै सीमित भएको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता