१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

तिनाउ । नेकपा तिनाउको नियमित बैठक तथा पर्व विशेष शुभकामना आदान प्रदान कार्यक्रम दोभानमा भएको छ । नेकपा तिनाउ गाउँ कमिटीको संयोजनमा भएको सो कार्यक्रममा बोल्दै केन्द्रीय कमिटी सदस्य एवम् पाल्पा जिल्ला ईन्चार्ज सोमप्रसाद पाण्डेयले नेपालीहरुको महान पर्वहरुलाई मितव्ययी र कोरोनाबाट सुरक्षित रहने तरिकाले मनाउन अनुरोध गरे । पार्टीको गतिशीलतालाई निरन्तरता दिन समेत अनुरोध गर्दै उनले पार्टीका नेता, कार्यकर्ताहरुले पर्वका समयमा तासजुवा र मध्यपान सेवन नगरि असली कम्युनिष्टको चरित्र प्रदर्शन गर्न समेत विशेष अनुरोध गरेका छन् ।

बैठकमा नेकपा केन्द्रीय सदस्य एवम् जिल्ला सहईन्चार्ज वसन्त घर्तिमगरले कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु पार्टीको सिद्धान्त, नीति र कार्यक्रमप्रति परिचित भई अघि बढ्नु पर्नेमा जोड दिएका छन् । सोही अवसरमा जिल्ला सचिव राजेन्द्रकुमार विकले पार्टीका नेता र कार्यकर्ताहरुले पार्टीको अनुशासनमा रही पार्टीको गरिमालाई माथि उठाउनु पर्नेमा जोड दिए ।

सो अवसरमा प्रदेश कमिटीका सदस्य चक्रव्यूह थापा, गोपाल जीसी, पम्पा थापा, दलबहादुर दर्लामी, गणेश रास्कोटी, भुवनसिह चिदी, दिनेश जीसी, कमल श्रेष्ठले पार्टीको गतिविधि सम्बन्धमा प्रकाश पारेका थिए । असोज १५ देखि २५ गतेसम्म सञ्चालित वडास्तरीय बैठकका सन्दर्भमा नेकपा तिनाउका सचिव दलबहादुर गुरुङले प्रतिवेदन पेस गरेका थिए । साथै कलाकार मीन रानाले दसै विशेष गीत प्रस्तुत गरेका थिए । नेकपा तिनाउका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षमा सम्पन्न उक्त बैठक तथा कार्यक्रममा पार्टीका तिनाउ ईन्चार्ज दिलु योञ्जनले स्वागत गरेकी थिइन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर