२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

अमेरिका । रुपन्देही सेवा समाजले अनलाइन माध्यममार्फत एक कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान गरेको छ । अमेरिकाको टेक्सस राज्यमा दर्ता भएको समाजले शुभकामना आदान प्रदान सँगै भच्र्युअल रुपमा सांगितिक कार्यक्रम समेत सम्पन्न गरेको हो ।
समाजका महासचिव युधिष्ठिर नेपालको संयोजकत्वमा भएको कार्यक्रममा प्राज्ञ तथा वरिष्ठ गजलकार बुँद राना, मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिका, अन्तराष्ट्रिय जेसिजका पूर्व उपाध्यक्ष अनुपमान सैजु, नेपाली समाज टेक्ससका कार्यवाहक अध्यक्ष राजेन्द्र वाग्ले, समाजका सल्लाहकार दिपक प्रधान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement

शुभकामना मन्तव्यको कार्यक्रम पश्चात सांगितिक कार्यक्रममा नेपालवाट अनलाइन माध्यमवाट जोडिएर राष्ट्रिय गायक हेमन्त शर्मा, लोक तथा दोहोरी गायक बैकुण्ठ महत,नेपाल आइडल सिजन-१ को टप फाइभमा पर्न सफल सुजाता पाण्डे, नेपाल आइडल सिजन २ को टप फाइभमा पर्न सफल अमित बराल, जापानवाट साहित्यकार हेमन्त गिरी, केशव ज्ञवाली, लता प्रधान लगायतले सांगितिक कोशेली प्रस्तुत गरेका थिए ।

समाजका सल्लाहकार सुरज भण्डारी र सह–कोषाध्यक्ष सरीता शर्मा आचार्यको संचालनमा भएको कार्यक्रममा स्थानीय कलाकारहरु आस्था नेपाल, सुशरिम आचार्य, मनु मिश्र, रियन न्यौपाने, प्राप्ती न्यौपाने लगायतले कलाकारले सांस्कृतिक प्रस्तुती दिएका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

तिनाउको मस्याम एकीकृत क्याम्पसमा शैक्षिक विमर्श बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर