२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

तस्वीर : सामाजिक सञ्जाल

बुटवल । कैलालीमा नेपाल प्रहरीका असई गोविन्द विक र जवान रामबहादुर साउँदको हत्यामा संग्लन आरोपमा पक्राउ परेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न ७ जनालाई सार्वजनिक गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा धनगढी–१० का ३१ वर्षीय रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना, २५ वर्षीय राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय दलराम राना र २५ वर्षीय राम गोपाल राना रहेका छन् ।

शनिबार साँझ गस्तीमा निस्किएका धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज विक र प्रहरी जवान साउँद मृत फेला परेका थिए । उनीहरुमाथि तस्कर समूहले आक्रमण गरेको खुलेको छ ।

वडा नम्बर १० स्थित मोहना नदीबाट अन्दाजी ४ सय मिटर उत्तरमा केराउ तस्करी गरिरहेका तस्करहरूको समूहलाई रोक्ने एवं नियन्त्रणमा लिन प्रयास गर्दा तस्करहरुले धारिलो हतियारले प्रहार गरि दुबै जनाको हत्या गरेका थिए ।

हत्या गरिसकेपछि बोक्दै र घिसार्दै ४ सय मिटर दक्षिणमा नेपाल–भारत सीमामा रहेको मोहना नदीमा लगी अपराध लुकाउने उद्देश्यले फाली फरार भएको खुलेको छ ।

शनिबार राति बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि गएका असई विक र जवान साउद सम्पर्कमा नआएपछि प्रहरीले खोजी कार्य थालेको थियो । प्रहरीले खोजी गर्दै जाँदा त्यसको भोलिपल्ट आईतबार बिहान असई विकको शव हत्या गरी फालिएको अवस्थामा मोहना नदीभित्र फेला परेको थियो।

मंगलबार बिहान जवान साउदको शव पनि मोहना नदीभित्र फेला परेको थियो।

उनीहरूविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए। साथै सेवामा खटिएकै बेला ज्यान गुमाउनुपरेका प्रहरीका परिवारलाई अमर प्रहरीको परिवारका हैसियतले उच्च सम्मान दिइने प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने