२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

जनकपुर । मिथिलाञ्चलका शक्तिपीठमा पारिवारिक सुरक्षाको लोक अनुष्ठान झिझिया नृत्यको प्रदर्शनमा स्वास्थ्य मापदण्डलाई ख्याल नगरिएको देखिएको छ । बडादशैँका अवसरमा घटस्थापनादेखि दशमीसम्म महिलाद्वारा सञ्चालन र संयोजन हुने देवी स्तुतिको लोक परम्परा झिझिया पूर्णरूपमा ताान्त्रिक विधिअनुसार प्रस्तुत गरिने चलन रहेको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालयमा भीडभाड नगर्न निषेधाज्ञा जारी गरे पनि झिझिया, मेला आयोजना र दर्शनमा आज्ञा प्रभावकारी देखिएको छैन । भिझिया मैथिल समाजको लोकनृत्य हो, जसमा बलिरहेको दियो भएको असङ्ख्य प्वाल पारिएको घैँटो टाउकामा राखी नृत्य गर्ने गरिन्छ । समाजमा प्रचलित आम विश्वासअनुसार गाउँकी डाइनी बोक्सी महिला जादु सिकेर त्यसको सिद्धिका लागि गाउँका जन्मजात बालबालिकालाई टुनामुनाद्वारा मारेर मसानमा गई मरेको बच्चालाई जिउँदो पारी नाङ्गौँ नृत्य गर्दछन् । दशैँका अवसरमा यस्ता घटनामा वृद्धि हुन थालेपछि महिलाद्वारा नै एउटा धार्मिक, सांस्कृतिक अनुष्ठानको शुरूआत गरी भगवती दुर्गाको स्तुति र गुण प्रहार गर्ने नृत्यको प्रारम्भ गरे, जो आजसम्म चलिरहेको छ ।

झिझियामा टाउकोमा घैँटो राखेर निरन्तर नाची रहनुपर्दछ, घैँटोमा पारिएका प्वाल बोक्सीले गन्न नभ्याउन भनेर नाच्ने महिला आफ्नो टाउको पनि हल्लाइरहेकी हुन्छे । प्वाल बोक्सीले गन्न भ्याइन भने नाच्ने ठहरै हुन्छिन् भन्ने जनविश्वास पनि छ । छैटौँ–सातौँ शताब्दीतिर मिथिलाञ्चलमा मालिनी सम्प्रदायको प्रभाव निकै बढेको थियो । मालिनी जादु टुनामा पारङ्गत हुने गर्दथे । मालिनीकै परम्परामा पछि बोक्सीको परम्परा शुरू भयो जसले आफ्नो गुण सिद्ध गर्न केटाकेटीलाई मारेर मसान पूजाको थालनी गरेको विश्वास छ ।

संस्कृतिविद् रामभरोस कापडी भ्रमरका अनुसार समाजमा प्रचलित मान्यताअनुरूप बोक्सीबाट सन्तानको रक्षा गर्न सांस्कृतिक लोक अनुष्ठान झिझियाको प्रारम्भ भएको हो । यो लोक अनुष्ठानमा बोक्सीलाई गाली गर्नुका साथै भगवतीको आराधना गरिएको मोहक गीत पनि गाइन्छ । नृत्यसँगै गाइने गीतमा बोक्सीलाई गाली पनि गरिन्छ । बोक्सीलाई गाली गरियो भने त्यसको मारक क्षमता कमजोर हुन्छ र बालबच्चाको सुरक्षा हुन्छ भन्ने विश्वास पाइन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने