१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गरेसँगै अर्थतन्त्रमा समेत तिब्र सुधार आएको छ । चीनमा उपभोक्ताहरु सपिङ मलमा सामान खरिद गर्न र सवारी साधन किन्न थालेका छन् ।

Advertisement

तर विश्व अर्थतन्त्रका धुरीका रुपमा रहेका संयुक्तराज्य अमेरिका र युरोपेली मुलुकहरु पीडादायी संकुचनबाट गुज्रिरहेका छन् ।

सोमबार सार्वजनिक सरकारी विवरणमा गत सेप्टेम्बरमा समाप्त भएको यस वर्षका पछिल्ला तीन महिनामा अर्थतन्त्र ४।९ प्रतिशतले विस्तार भएको उल्लेख छ । खुद्रा उपभोग्य सामानको बिक्री बढेको छ भने काराखानाको उत्पादनमा वृद्धि भएको छ । मास्क र अरु मेडिकल सामग्रीको निर्यात बढेका कारण चीनमा रोजगारी र उत्पादन दुबैमा सुधार आएको छ ।

क्यापिटल इकनमिक्सका जुलियन इभान्स–प्रिचर्डले एक रिपोर्टमा बताए अनुसार चिनियाँ अर्थतन्त्रको पुनरुत्थान जारी रहेको र सरकारी अनुदानको निर्भरता कम भएको छ । अर्थतन्त्रको वृद्धि अहिले पनि निरन्तर भइरहेको उनले बताए ।

चीनमा गत डिसेम्बरमा कोरोना महामारीको थालनी भए पनि सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले गत मार्चमा यस रोगको नियन्त्रण भइसकेको घोषणा गरेको थियो । उक्त घोषणासँगै विश्वकै ठूलो अर्थतन्त्र भएको मुलुक चीनले कारखाना, पसल र कार्यालय खोल्ने पहिलो मुलुक बन्यो ।

विश्वका प्रमुख अर्थतन्त्र भएका मुलुकमध्ये चीनको मात्र आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । यस वर्ष संयुक्तराज्य अमेरिका, युरोप र जापानको आर्थिक कृयाकलाप संकुचित हुँदैछन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले भने यस वर्ष चीनको आर्थिक वृद्धि १.८ प्रतिशत हुने भविष्यवाणी गरिरहेको छ जबकि अमेरिकी अर्थव्यवस्था ४.३ प्रतिशतले संकुचित हुने अनुमान गरेको छ । कोषले फ्रान्सको ९.८ प्रतिशत, जर्मनीको ६ र जापानको ५.३ प्रतिशतले अर्थतन्त्र संकुचित हुने पूर्वानुमान गरेको छ । एपी

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण