ताजा अपडेट »

कांग्रेस सांसदलाई देउवाको निर्देशन : 'दशैं भत्ता फिर्ता गर्नुस्'

सोमबार, ०३ कार्तिक २०७७, १२ : २३
8 Shares

बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दशैं भत्ताबापत सरकारले प्रदान गरेको रकम फिर्ता गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

कोरोना महामारीले सिंगो मुलुक संकटमा रहेको अवस्थामा सांसदहरुले भत्ता लिनु लज्जास्पद भएको बताउँदै देउवाले पार्टीका सबै सांसदलाई दशैं भत्ताबापत सरकारले प्रदान गरेको रकम फिर्ता गर्न निर्देशन दिएका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका कांग्रेसका सबै सांसदको खातामा आएको दशैं भत्ताबापतको रकम कोभिड– १९ उपचार कोषमा जम्मा गर्न संसदीय दलका नेता देउवाले निर्देशन दिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।