२ भाद्र २०७९, बिहीबार

Aug 18, 2022


टीकापुर । देशभरका सबै विद्यालयको भौतिक पूर्वाधार एकै रङको बनाउन शिक्षा विभागले दिएको निर्देशनपछि कैलालीको टीकापुरका सबै विद्यालयमा रङ्गरोगन गरिएको छ । टीकापुर नगरपालिकाले पहिलो चरणमा १८ विद्यालयमा रङ्गरोगन गरेको हो ।शिक्षा विभागको निर्देशनअनुसार विद्यालयमा एकरुपता ल्याउन रङ्गरोगन गरिएको शिक्षा अधिकृत नरेश अवस्थी बताउँछन् । ‘‘सरकारले सबै विद्यालय एउटै खालको देखिनुपर्छ भनी गरेको निर्णयअनुसार हामीले पनि रङ्गरोगन थालेका छौँ’’, अधिृकत अवस्थी भन्छन्, ‘‘विद्यालय रङ्गरोगन गर्दा सरसफाइ र मर्मतको माग पनि भएको छ । यसले शिक्षक, विद्यार्थी सबैलाई उत्साहित बनाएको छ ।’’

Advertisement

सबै विद्यालय भवनको रङ एकै प्रकारको बनाउन र शिक्षाका निकायमा एकरूपता ल्याउन अनिवार्य रूपमा कलर कोड प्रयोग गर्न थालेको उनी बताउँछन् । टीकापुर नगरपालिकाले पहिलो चरणमा माध्यमिक विद्यालयलाई प्राथमिकतामा दिएर रङ्गरोगन गरेको हो । ‘‘सङ्घीय सरकारको रु ७६ लाख बजेट रङ्गरोगनका लागि आएको थियो, जसमा टेण्डर आह्वानमा रु ३९ लाखमा ठेक्का स्वीकृत भएर १८ विद्यालय रङ्गरोगन सकियो’’, नगरपालिकाका इञ्जिनीयर नवीन ओझाले भने, ‘‘अब बाँकी रहेको रकम पुनः ठेक्का सम्झौता गरी थप विद्यालय यसै आर्थिक वर्षमा रङ्गरोगन गरिनेछ ।’’

टीकापुर नगरपालिकामा ३४ वटा सामुदायिक विद्यालय छन् । नगरपालिका आफैँले बजेट थप गरेर भए पनि यसै आर्थिक वर्षमा सबै विद्यालय रङ्गरोगन गर्ने योजना बनाएको छ ।शहरी विकास तथा भवन निर्माण विभागद्वारा जारी सार्वजनिक भवनमा प्रयोग हुने रङसम्बन्धी निर्देशिका–२०६९ अनुसार एकै रङ प्रयोग गरिएको छ । निर्देशिकाअनुसार भवनको मुख्य प्लास्टरको भाग फिका पहेलो, मुख्य भाग इँट्टा वा ढुङ्गाको गाह्रोमा पारदर्शी रसायन प्रयोग भएको, ठाडो र तेस्रो ब्यान्ड सेतो, छज्जा वा फेसिया खरानी र छाना तेरकोटा वा रातो बनाइएको इञ्जिनीयर ओझाले बताए ।

पहेलो रङ्ग उज्यालो र सबैलाई मनपर्ने भएकाले विद्यालयको मुख्य भाग पहेलो र घामपानीबाट जोगाउन मुख्य भागको इँट्टामा पारदर्शी रसायन प्रयोग गरिएको नगरपालिकाले जनाएको छ । ‘‘कोरोना महामारीपछि यहाँका अधिकांश विद्यालय क्वारेन्टिन बनाइएका थिए’’, इञ्जिनीयर ओझा भन्छन्, ‘‘अहिले ती विद्यालय सरसफाइसँगै रङ्गरोगन गर्दा विद्यालय प्रशासन र अभिभावक खुशी भएका छन् ।’’त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक रवीन्द्रबहादुर कठायतका अनुसार रङ्गरोगनपछि विद्यालय सफा र आकर्षक देखिएका छन् । वर्षौदेखि रङ्गरोगन गर्न नसकिएका विद्यालय रङ्गरोगनपछि आकर्षक देखिनुका साथै विद्यार्थीको आकर्षण बढेको उनी बताउँछन् । ‘‘कतिपय विद्यालय स्थापनादेखि अहिलेसम्म कहिल्यै रङ्गरोगन नभएका पनि थिए, मर्मत नभएर खण्डहर जस्तै भएका थिए’’, प्रधानाध्यापक कठायत भन्छन्, ‘‘अहिले चिटिक्क देखिएका छन् । सफा सबैलाई मनपर्छ । यसले उत्साह थपिदिएको छ ।’’

प्रतिकृया दिनुहोस्

Flash News

मौसम : लुम्बिनीका केहि स्थानमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना कलंकीको खसीबजार हटाउन काठमाडौं महानगरको १५ दिने अल्टिमेटम प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक संसोधन नगरी आजै पारित गर्ने तयारी यस्ता छन् धरानका मेयर हर्क साम्पाङका १०० दिनका १३ काम काठमाडौंको फोहोर व्यवस्थापनमा चारबुँदे सहमति पशुआहारका लागि गाउँकै उद्योगमा उत्पादन भएको ‘साइलेज’ प्रयोग ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै लुम्बिनी प्रादेशिक अस्पतालमा १५० शैय्याको नयाँ भवनबाट प्रसूति सेवा बन्दीलाई कारागारभित्रै अस्पताल मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु ‘पत्रकार कुट्ने’ परासीको पाल्हीनन्दन प्रमुखलाई कारवाहीको माग निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन अर्थमा चुक्यो लुम्बिनी सरकार नवलपरासीको विभिन्न स्थानबाट फरार ७ जना प्रतिवादी पक्राउ दार्चुलामा जीप दुर्घटना : पाँच जनाको मृत्यु, छ घाइते लुम्बिनी फोटो ग्राफर संघको सप्ताहव्यापी कार्यक्रम , ५० जनाले गरे रक्तदान लुम्बिनी सरकारले आफ्नाे सेवा सुविधा वृद्धिका लागि खुलायाे बाटाे, थप नियुक्तिका लागि अनुसूची हेरफेर चार महिनामा विपद्का घटनाले लियो १५७ जनाको ज्यान, ८५ करोडभन्दा बढीको आर्थिक क्षति लुम्बिनी अस्पतालको टेण्डर घोटाला : कागजातसहित ७ दिन भित्र उपस्थित हुन प्राधिकरणलाई निर्देशन कपिलबस्तुको सिद्धार्थ रिसोर्टमा तीज विशेष कार्यक्रम हुने, सहभागीलाई पुरस्कार !