ताजा अपडेट »

धर्मश्री विजेताहरू

शनिबार, १७ असोज २०७७, १९ : ४९
2 Shares

रविन्शन शाक्य
तेश्रो धर्म श्री विजेता (२०५०)

रविन्शन शाक्यले २०५० सालमा भएको तेश्रो अन्तरक्लब धर्मश्री शारीरिक सुगठन प्रतियोगिता उपाधि चुम्न सफल भएका थिए । उनका बारेमा थप जानकारी लिन क्रममा धेरै अग्रजहरु तथा उनका समकक्षीहरुसँग बुज्दा हाल उनी नेपाल बाहिर रहेका र लामो समय कसैसँग सम्पर्क नभएकाले थप जानकारी उल्लेख गर्न सकिएन ।

सागर ताम्राकार
चौथो धर्मश्री बिजेता (२०५३)

सागर ताम्राकारको जन्म वि.सं. २०३० सालमा ललितपुर मंगलबजारमा भएको थियो । उनका दाजु सुरेस ताम्राकारले ललितपुरमा Nine Point Health Club सञ्चालन गर्थे । दाजुले सागरलाई त्यहि जिममा शुरुमा हिसाब किताब राख्न लगाए । जिममा काम गर्ने दौरानमा क्रमशः सगरलाई व्यायाम गर्ने रहर पलायो । पछि उनी गोल्ड्स जिम ललितपुर तिर लागे ।

सागरले ५२ सालमा आफ्नो पहिलो प्रतियोगिता लियो क्लब अफ भक्तपुरको आयोजनामा भएको Mr. Valley शारीरिक सुगठन प्रतियोगितामा ७० केजी तौल समुहबाट प्रथम हुँदै ओभर अल च्याम्पियनको उपाधि हात पारे । त्यहि सालको भाद्र ३ गते गोल्ड्स जिम काठमाडौंले आयोजना गरेको आन्तरिक प्रथम शारीरिक सुगठन प्रतियोगिता ७० केजीमा प्रथम हुँदै उपाधि पनि सागरले उचाले । सोहि सालमा नै नेपाल शारीरिक सुगठन संघको अयोजनामा भएको पहिलो मिस्टर हिमालय प्रतियोगितामा उनी ७५ केजी तौल समूहमा तेस्रो हुन सफल भए ।

२०५३ सालमा भएको चौथो धर्मश्री अन्तरक्लब धर्मश्री शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौल समूहमा उनले प्रथम स्थान प्राफत गर्दै उपाधि चुम्न सफल भएका थिए । उनलाई उपाधिसंगै १५ हजार नगद पुरस्कार दिने घोषणा गरियो । तर उक्त पुरस्कार रकमपछि उनले दुई किस्तामा गरेर बुझेको सागर बताउँछन् । २०५३ सालमा खेलकुद सरोकार केन्द्रको आयोजनामा बनेपा काभ्रेमा भएको मिस्टर सगरमाथा शारीरिक सुगठन प्रतियोगितामा आफ्नो वजन समूहमा ७५ केजीमा प्रथम भएका उनी बताउँछन् ।

वि.सं. २०५४ सालमा काठमाडौं जिल्ला खेलकुद विकास समितीको आयोजनामा भएको काठमाण्डौ फ्रेण्डशिप खुल्ला शारीरिक सुगठन प्रतियोगितामा उनी ७० केजीमा दोश्रो हुन सफल भए । २०५५ बैशाख २२ गते बानेश्वर जिमको आयोजनामा भएको काठमाडौं कप शारीरिक सुगठन प्रतियोगितामा ७० केजी तौल समूहमा सागर स्वर्ण पदक प्राप्त गरे । २०५५ साल तिर नेपाल व्यायामका अध्यक्ष नारायण प्रधानको निमन्त्रणा स्विकार गर्दै उनी नेपाल व्यायाम मन्दिरको सदस्य बने । वि.सं. २०५६ सालमा भएको छैठौं धर्मश्री राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा ७० केजी तौल समूहबाट उनि बिजेता बन्न सफल भए । त्यहि सालमा भारतको नासिकमा भएको प्रथम दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता उनी आफ्नो बजन समूहमा चौथों भए ।

२०५७ सालमा नेपालमा भएको दोस्रो दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा सागरले आफ्नो लाइट बेट समुहमा रजत पदक हात पारे । २०५९ सालमा भएको नवौं धर्मश्री प्रतियोगितामा उनी ७५ केजी बहुल समूहबाट दोश्रो हुन सफल भए । २०६१ सालमा भएको दशौं धर्मश्री प्रतियोगितामा ७५ केजी तौल समूहबाट तेश्रो भए ।

सितु प्रसाद श्रेष्ठ
लेखकको बारेमा
सितु प्रसाद श्रेष्ठ
स्तम्भकार