ताजा अपडेट »

बुटवलमा स्कूटी दुर्घटना हुँदा तिलोत्तमाकी स्वोराको मृत्यु

विहीबार, १५ असोज २०७७, १८ : ५०
18 Shares

बुटवल । बुटवलमा स्कुटी अनियन्त्रित भई पल्टिदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका –९ मिलनचोकबाट बसपार्क तर्फ जाँदै गरेको लु ४४ प ६११६ नं. को स्कुटी मंगलबार आफै अनियन्त्रीत भई पल्टिएको थियो ।

 दुर्घटनामा परी तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी २४ वर्षकी स्वोरा प्रधानको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले बताए ।  उनको उपचारको क्रममा बिहीवार दिउँसो क्रिमशन अस्पतालमा मृत्यु भएको हो । मृतक प्रधान न्यू होराईजन कलेजमा एम.बि.एस. तेस्रो सेमेस्टरमा अध्ययनरत रहेको कलेजले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते प्रधानको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसेकेपछि मणिग्राम स्थित क्रिमशन अस्पतालमा रिफर गरिएको थियो ।  यस्तै दुर्घटनामा परी स्कुटी चालक जिल्ला शिद्धार्थनगर नगरपालिका–८ का  २६ वर्षीय सन्दिप श्रेष्ठ घाइते भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।