ताजा अपडेट »

एकैसाथ सयबढी प्रतियोगिता गर्न मिल्ने तिलोत्तमा स्पोर्टको डिपिआर अन्तिम चरणमा

शुक्रबार, १९ भदौ २०७७, १९ : ३०
2 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा इन्डोर तथा आउट डोर गरी सय बढी खेलको प्रतियोगिता एक साथ आयोजना गर्न मिल्ने गरी निर्माण गरिने स्पोर्ट पार्कको डिपिआर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बहुउद्देश्यीय तिलोत्तमा स्पोर्ट पार्कमा साफ अन्तर्गतका सम्पूर्ण खेलकूद प्रातियोगिता आयोजना गर्न सकिने छ । तिलोत्तमा-६ मा करिब ५० विगाह क्षेत्रफलमा बन्ने पार्क निर्माणका लागि राष्ट्रिय खेलकूद परिषदले आर्थिक वर्ष २०७६/७७ मा विनियोजन गरेको एक करोड रकमबाट २० लाख रकम डिपिआरका लागि छुट्याइएको थियो । बाँकी रहेको ८० लाख रकमबाट तारबार तथा ग्राउण्ड सम्याउनेकाम धमाधम भइरहेका छन् ।

सिद्धार्थ राजमार्गदेखि २ किलोमिटर भित्र तिनाउ नदिसँगै जोडिएको स्थानमा निर्माण गर्न लागिएको पार्कका लागि १० अर्व बढी लागतमा संरचना निर्माण हुने गरी डिपिआरको काम भइरहेको छ । १० देखि १५ वर्षमा योजना सम्मपन्न गर्न सकिने डिपिआर निर्माणको जिम्मा पाएको कन्सल्टेण्ट ग्रुपका योजना प्रमुख इन्जिनियर सुनिल लम्सालले बताए । स्पोर्ट पार्कमा प्रतियोगिता सञ्चालन तथा प्रशिक्षणका लागि २ वटा फुटबल ग्राउण्ड र सोही अनुसार क्रिकेटका लागि पनि एक प्रतियोगिता र अर्को प्रशिक्षण ग्राउण्ड हुने छन्।

प्रतियोगिताका लागि तयार पारिएको ग्राउण्डमा २० हजार बढी दर्शक अट्ने सुविधासम्पन्न प्याराफिट निर्माण गरिने छ । डिपिआर अनुसार निर्माण हुने संरचनाहरुका बारेमा जानकारी गराउँदै लम्सालले भने ३ वटा मल्टि प्रपोज हल हुनेछन् । जसरमा स्वीमिङ, भलिबल, ब्याटमिन्टन्, टेनिस कराँते लगाएतका सम्पूर्ण इन्डोरका खेलहरु खेल्नका लागि कभर्डहल निर्माण गरिने छ । यसैरी पाँच तारे होटलको जस्तै सुविधा सम्पन्न भिआईपी रुम, कम्तिमा २ सय जना खेलाडी बास बस्न सक्ने गरी हलको व्यवस्था, सुविधा सम्पन्न बाल उद्यान लगाएतका संरचनाहरु निर्माण हुने इन्जिनियर लम्सालले बताए ।

तिलोत्तमा-५ मा रहेको स्थानीय नबजीवन यूवा क्लबले संरक्षण गर्दै आएको खेल मैदानलाई समेटेर निर्माण गर्न लागिएको स्पोर्ट पार्कको डिपिआर बन्दै गर्दा भौतिक संरचनाहरुको निर्माणले पनि तिब्रता पाएको छ । खेलमैदानमा तारबार तथा सम्याउने कामहरु तीब्रताका साथ भइरहेको निर्माण समितिका अध्यक्ष दिपक पाठकले बताए । स्पोर्ट पार्क निर्माणसँगै यस क्षेत्रका बासिन्दाहरुको आर्थिक विकाससँगै नेपालको समग्र खेलकूद विकासमा समेत योगदान हुन सक्ने उनले बताए । डिपिआर भन्दा अगाडी स्थानीय खेलकूद मैदान तथा पार्क निर्माणका लागि मास्टर प्लान बनाएर काम अगाडी बढाइएको पाठकले बताए ।

मल्टी प्रपोज कभर्ड हल

तिलोत्तमा नगरपालिकाले यसअघि नै करिव ६० लाखको लगानीमा कभर्ड हल निर्माण गरिसकेको छ । निर्माणाधिन खेलमैदासम्म पुग्ने सडकको स्तरोन्नतीका कामलाई प्राथमिकतामा राखेर सुधारको काम भइरहेको मेयर बासुदेव घिमिरेले बताए । वि.स.२०४७ सालदेखि स्थानीयहरुले संरक्षण गर्दै आएको खेल मैदानमा गत वर्ष यस क्षेत्रमै पहिलो पटक तिलोत्तमा प्रिमियर लिग आयोजना भएको थियो । स्थानीय स्तरमा आयोजना हुने विभिन्न प्रतियोगिताहरु हुँदै आएको खेलकूद मैदानको स्तरोन्नती हुने भएपछि यस क्षेत्रका स्थानीय बासिन्दा तथा खेलप्रेमीहरु खुशी भएका छन् ।

नवजीवन स्पोर्ट क्लबको खेल मैदानलाई स्तरोन्नती गरी तिलोत्तमा स्पोर्ट पार्कका रुपमा विकास गर्दै कम्तिमा ३/३ हजार दर्शक अट्न सक्ने अत्याधुनिक प्याराफिटसहित एक फुटबल ग्राउण्ड र एक क्रिकेट ग्राउण्ड, स्वीमिङ पूल, साइकिलिङ रोड लगाएत सर्क खेल प्रतियोगिता आयोजना गर्न सक्ने गरी सुविधा सम्पन्न खेलमैदान निर्माण हुने क्लबका अध्यक्ष दिपक पाठकले बताए ।

फुटबल ग्राउण्ड

विनियोजित ८० लाख बजेटबाट हाल तार जाली लगाउने काम, कभर्डहल निर्माण तथा ग्राउण्ड सम्याउने काम भइरहेको उनले बताए । स्पोर्ट पार्कमा भिआईपी गेष्ट रुम, होस्टेल तथा बाल उद्यान समेत निर्माण गर्ने गरी मास्टर प्लान बनाएर डिपिआर बनाउने काम भइरहेको पाठकले जानकारी गराए ।

खेल मैदानमा हाल भइरहेको काम
डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।