ताजा अपडेट »

निजी प्राविधिक विद्यालय महासंघको अध्यक्षमा खनाल

सोमबार, ०८ भदौ २०७७, १८ : ०५
16 Shares

बुटवल । निजी प्राविधिक शिक्षालय महासंघको अध्यक्षमा बसन्तराज खनालले औपचारिक मान्यता पाएका छन् । महासंघको वरिष्ठ उपाध्यक्ष खनाल यसअघिका अध्यक्ष सैलेन्द्र महन झाले संस्था छाडेपछि एकमहिना अघि नै स्वःतहरुपमा अध्यक्ष बनेका थिए ।

खनालले सोमबार संस्थाबाट प्राप्त पत्रसँगै अध्यक्ष पदका लागि औपचारिक मान्यता पाएका हुन् । विभिन्न ३ सय ७२ विषयमा अध्यापन गराउने २ सय ४० बढी निजी संस्थाहरु महासंघमा आवद्ध रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।