२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023


काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुई प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि ट्राफिक महाशाखा सिल गरिएको छ ।

गत शुक्रबार नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको स्वाब सङ्कलनमा दुई ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि महाशाखा सिल गरिएको हो । महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि महाशाखामा आवतजावतमा रोक लगाइएको जानकारी दिनुभयो । उहाँले कोरोना पुष्टि भएका प्रहरीको सम्पर्कमा आएकालाई बाहिर आवतजावतमा समेत बन्द गरिएको जानकारी दिनुभयो । यस्तै महाशाखाभित्र बस्ने ३७५ ट्राफिक प्रहरी कर्मचारीलाई क्वारेन्टिनमा राखिएको छ ।

महाशाखामा हाल एक हजार ५०० भन्दा बढी ट्राफिक प्रहरी कार्यरत रहे पनि ३७५ जना क्वारेन्टिनमा रहेकाले बाँकीलाई सवारी चापको अवस्था हेरेर काममा खटाइएको महाशाखा प्रमुख ढकालले बताउनुभयो । क्वारेन्टिनमा बसेका प्रहरीको चाँडो स्वाब सङ्कलन गर्ने तयारी भइरहेको महाशाखाले जनाएको छ । स्वाब सङ्कलनको रिपोर्ट नआएसम्म महाशाखाभित्रबाट सेवाग्राहीका लागि गरिने दैनिक कामकाज रोकिने छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ पूर्वराज्यमन्त्री महेश चौधरीको निधन दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ