२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

सुरक्षा स्रोत भन्छ,मोबाइल लोकेशन जिल्लामा देखिएन

बुटवल । बुटवलमा कोरोना संक्रमण पुष्टि भएसँगै शनिबार दिउँसोदेखि सम्पर्कविहिन भएका २ जना पुरुषको अझै पत्ता लागेको छैन । लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षणबाट कोरोना पुष्टि भएका उनीहरु पुष्टि भएको जानकारी पाए लगत्तै सम्पर्क बाहिर हुनु नेटवर्कको कारणले हो वा अन्य कारणले भन्ने बारे एकिन नभएको प्रदेश ५ जनस्वास्थ्य प्रयोगशाला प्रमुख डाक्टर राजेन्द्र गिरीले बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको प्रयोगशालामा शुल्क तिरेर शुक्रबार स्वाब संकलन गरिएकोमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको र पोजेटिभ रिपोर्ट आएको पहिलो सूूचना पाएसँगै सम्पर्क बाहिर गएका हुन्। बुटवल उपमहानगरपालिका वडा नं.६ ठेगाना जनाएका उनीहरूले दिएको एनसेल नम्बरमा सम्पर्क नभएको हो । सम्पर्क बाहिर गएपछि स्थानीय जनप्रतिनिधि र प्रशासनलाई समेत खोजीका लागि अनुरोध गरिएको डाक्टर गिरीले बताए । परीक्षणमा पोजेटिभ देखिएका व्यक्ति नै सम्पर्कमा नआउँदा उनीहरुको ट्राभल हिस्ट्री र उनीहरुको कारण समाजमा अझै जोखिम बढ्ने देखिएको उनले बताए ।

उनीहरु भारतबाट आएका र पुनः भारत जानका लागि पिसिआर परीक्षण गराउन अस्पताल पुगेका थिए । उनीहरुले निर्धारित शुल्क भुक्तानी गरेर पिसिआर परीक्षण गराएका थिए । नतीजा पोजेटिभ आएको भन्ने पहिलो कल रिसिभ गरेपनि त्यसलगत्तै उनीहरुले मोबाइल सम्पर्क नहुने बनाएका थिए । सुरक्षा स्रोतका अनुसार उनिहरुको मोवाइल नम्बरका आधारमा खोजी गर्दा रुपन्देहीमा उनिहरुको लोकेशन रुपन्देहीमा देखिएको छैन ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका