२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

काठमाण्डौं । सरकारले जनस्वास्थ्यका सामान्य मापदण्ड पनि पालना नगर्ने तथा कोरोनाप्रतिको बढ्दो हेलचक्र्याइँ आत्मघाती हुनसक्ने जनाएको छ । लकडाउन अन्त्य भएसँगै शहरी क्षेत्रमा बढ्दो भीडभाड, कोरोनाप्रति झन् संवेदनशील बन्नुपर्ने समयमा सर्वसाधारणले बेवास्ता गरेको पाइएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थिति भयावह हुनसक्ने जोखिम देखाएको हो ।

Advertisement

स्वास्थ्य जोखिम कायमै रहेकोढ तथा कोरोनाको मात्रामा समेत वृद्धि भइरहेको अवस्थामा अनावश्यकरूपमा नारा जुलुस गर्ने, मास्क नलगाई हिँड्ने, सामाजिक दूरी कायम नगर्ने तथा मलाई केही हुँदैन, अरुलाई नै कोरोना लागेको भन्नेजस्ता मानसिकता नै आत्मघाती हुँदै गएको छ । यस्तै काम नै नभई घरबाट बााहिर निस्कने, सार्वजनिक सवारी साधनमा समेत एकै ठाउँमा धेरै जना बस्ने, स्यानिटाइजरको प्रयोग नगर्ने तथा अनावश्यक रुपमा भीडभाड गर्ने प्रवृत्तिले जोखिम बढाउँदै लगेको छ ।

पछिल्ला दिनमा कोभिड–१९ सङ्क्रमणको जोखिम कम गर्न सरकार तथा विश्व स्वास्थ्य सङ्गठनले सुझाएका रोकथामका उपायको बर्खिलाप गर्ने गतिविधि बढेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले त्यस्ता क्रियाकलाप आत्मघाती हुनसक्ने बताउनुभयो । सरकारले कोभिड–१९ सङ्क्रमण फैलनसक्ने भन्दै २५ भन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन नपाउने निर्णय गरे पनि यो वा त्यो बहानामा एकै स्थानमा धेरै मानिस जम्मा भएको पाइएको उहाँको भनाइ थियो ।

अनावश्यक भीडभाड नगर्न सरकारले बारम्बार अनुरोध गरेपनि विरोध प्रदर्शनका नाममा सडकमा भेला हुने, नारा लगाउने जुलुस तथा प्रदर्शन गर्ने गतिविधिले पछिल्ला दिनमा निरन्तरता पाइरहेका छन् । “अझै पनि गोष्ठी, सभा, बैठक, जलुस तथा धार्मिक कार्यक्रम गरेको पाइएको छ, यस्तो नगर्न अनुरोध छ । यो धेरै आत्मघाती हुनसक्छ”, कोभिड-१९ को राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित नियमित ‘प्रेस ब्रिफिङ’ मा उहाँले भन्नुभयो । ठूलो जनघनत्व भएका स्थानमा धेरै जना भेला भएर गरिने जुनसुकै कार्यबाट पनि सङ्क्रमण फैलिएर जनस्वास्थ्यमा ठूलो असर गर्ने सम्भावना उच्च रहेको उहाँको भनाइ थियो ।

राजधानीमा विभिन्न माग राखेर अनशन पनि चलिरहेको छ । यसले समेत थप जोखिम बढाएको छ । सुरक्षाकर्मीसमेत कोरोनाबाट प्रभावित भएका छन् । त्यसकारण संयमता अपनाउनु नै प्रमुख कर्तव्य हुन जान्छ । कारागार, हिरासत, सुधारगृह तथा पुनःस्थापना केन्द्रजस्ता स्थानमा क्षमताभन्दा बढी मान्छे राख्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै प्रवक्ता गौतमले अहिलेको भौतिक संरचनाको अवस्थालाई हेर्दा ती ठाउँमा भौतिक दूरी गरी कायम गरी राख्न सक्ने स्थिति नभए पनि उचित सावधानी अपनाउन आग्रह गर्नुभयो ।

कोभिड-१९ रोकथाम रोक्नका लागि भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र सफासुग्घर भएर बस्ने नै उपयुक्त विधि भएको बताउँदै उहाँले दैनिक उपभोग्य वस्तु राम्रोसँग सफा गरी निर्मलीकरण गरी भित्र्याउन र सामाजिक दूरी कायम हुने गरी हिँडडुल गर्न आग्रह गर्नुभयो । प्रवक्ता गौतमले अनावश्यक भीडभाड नगर्न, अत्यावश्यक कामबाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन, अनिवार्यरूपमा मास्क लगाउन, साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुन स्मरण गराउनुभयो ।

पछिल्ला केही दिनयता स्थलमार्गबाट सीमानाका हुँदै नेपाल प्रवेश गरेका व्यक्तिलाई क्वारेन्टिनमा नराखी सिधैँ घर पठाउने गरेको पाइएको भन्दै उहाँले कोरोना परीक्षणका लागि उनीहरुको स्वाब सङ्कल गरेर रिपोर्ट नआउञ्जेलसम्म क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

विभिन्न सरकारी तथा निजी कार्यालयमा काम गर्ने कर्मचारीले भौतिक दूरी कायम नगरेको, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले पनि स्वास्थ्य सुरक्षाको उपाय नअपनाएको सूचना सरकार समक्ष आएको जानकारी दिँदै उहाँले जनस्वास्थ्यका मापदण्ड पालनामा कञ्जुस्याइँ नगर्न आह्वान गर्नुभयो । “कतिपयले मास्क नलगाएको, मास्क लगाउँदा पनि ठीक ढङ्गले नलगाएर च्यूँडोमा लगाएको सूचना प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “ठीकसँग मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र साबुनपानीले राम्रोसँग मिचिमिची हात धुन म पुनः अनुरोध गर्दछु ।”

राजधानी काठमाडौँ प्रवेश गर्नेले पनि स्वास्थ्य सतर्कता नअपनाएको पाइएको छ । विशेषगरी भक्तपुरको नाका भएर काठमाडौँ प्रवेश गर्नेमध्ये २४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै अस्पतालमा कोरोनाका लक्षण भएका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ