२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

फाइल तस्बिर

खस्यौली । प्रदेश नं ५ को अर्थ, उद्योग तथा पर्यटन समितिले खानी उत्खनन र नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रदेश सरकारलाई आग्रह गरेको छ । समितिका सभापति दधिराम न्यौपानेको अध्यक्षतामा आज बुटवलमा बसेको बैठकले खानी तथा नदीजन्य पदार्थको व्यवस्थापन र सदुपयोग भए त्यसबाट समृद्धि हासिल गर्न सकिने जनाएको छ ।

बैठकले खानी उद्योगको पहुँचमार्ग वैकल्पिक हुनुपर्नेमा जोड दिएको समितिका सभापति न्यौपानेले जानकारी दिनुभयो । उहाँले प्राकृतिक स्रोत र साधनको जथाभावी दोहन रोक्न आग्रह गर्दै नदीजन्य पदार्थको चोरी निकासी रोक्न सके त्यसबाट राजश्वसमेत वृद्धि हुने बताउनुभयो । नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्रीले पर्यटनसम्बन्धी विषय कार्यान्वयन भएको वा नभएको विषयमा अनुगमन आवश्यक भएको बताउनुभयो ।

समितिका सदस्य तुलसी चौधरीले प्रहरी भएकै अवस्थामा शुद्धोधन गाउँपालिकाको दर्वाह उद्यानमा भएको तोडफोडको जानकारी दिँदै पर्यटन प्रवद्र्धनलाई प्रभावकारी बनाउन आवश्यक भएको बताउनुभयो । सदस्य तुलाराम घर्तीमगरले खानी उत्खनन गर्दा पहुँचमार्ग निर्माण भए पहिरो जाने समस्या नहुने उल्लेख गर्दै उद्योगका लागि पहुँचमार्ग अनिवार्य छ भन्नुभयो । बैठकमा प्रदेशसभाका सदस्य कृष्ण न्यौपाने, कृष्णा केसी, सुनिता ठठेर, थामकुमारी थापालगायतले विभिन्न विषयमा सुझाव दिनुभएको थियो ।
–––

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका