२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

रुपन्देही । सञ्चारमाध्यमलाई सङ्कुचन गर्ने कुनै पनि ऐन नबनाउन पत्रकारले प्रदेश नम्बर ५ सरकारलाई सुझाव दिएका छन् । सञ्चारमाध्यमलाई अङ्कुश लगाउने गरी ऐन बनाउँदा नागरिकको अभिव्यक्ति स्वतन्त्रता दबिने भएकाले त्यसतर्फ ध्यान पुर्‍याउन उनीहरुले आग्रह गरेका छन् । प्रदेश ५ सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रबार बुटवलमा आयोजना गरेको प्रदेश सञ्चार माध्यमसम्बन्धी ऐनबारे सुझाव सङ्कलन कार्यक्रममा पत्रकारले यस्तो सुझाव दिएका हुन् ।

Advertisement

सहभागीले ऐनमा मस्यौदा गरिएका कतिपय बुँदाले सञ्चारमाध्यमको स्वतन्त्रतामाथि अङ्कुश लगाउनसक्ने खतरा औँल्याउँदै त्यस्ता प्रावधान हटाउन सुझाव दिएका हुन् । कार्यक्रममा पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य मोहन चापागाईले हरेक राजनीतिक परिवर्तनमा राजनीतिक दलका सारथी र साक्षी बनेको सञ्चार क्षेत्रको ऐन बनाउँदा पञ्चायतकालकै प्रावधानलाई निरन्तरता दिएको भन्दै त्यसलाई सुधार गर्न सुझाव दिए ।

नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष भरत केसीले प्रदेश सरकारले बनाउने सञ्चार परिषद्‌मा सञ्चारविज्ञको नेतृत्व हुनुपर्ने बताए । पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, पत्रकार माधव नेपाल, नवराज कुँवर, अमृता अनमोल, पार्वती पाण्डे लगायतले सञ्चार संस्थासम्बन्धी ऐनले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न नहुने बताउँदै लैङ्गिक समावेशीकरणको सिद्धान्त अवलम्बन गर्न ऐनमै लैङ्गिक नीति समावेश गर्न आग्रह गरे ।

कार्यक्रममा उठेका सुझाव तथा जिज्ञासा मेटाउंँदै आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सञ्चार क्षेत्रलाई नै सहज होस् भन्ने उद्देश्यले ऐन बनाउन लागेको बताए । धेरै विषयको एकीकृत कानून बनाउने कुरा जटिल विषय भएको बताउँदै उनले सबैका सुझाव समेटेर सञ्चारसंस्था र पत्रकारलाई उत्प्रेरित गर्ने तरिकाले कानून आउने उल्लेख गरे ।

कानून मन्त्रालयका सचिव रविराज पन्थले सञ्चार क्षेत्रको व्यवस्थित सञ्चालनसँंगै नियमनसमेत आवश्यक पर्ने भएकाले ऐन बनाउन लागिएको बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून सचिव राजेन्द्र थापाले प्रदेश सरकारले संविधान र प्रचलित ऐन कानूनका आधारमा ऐन बनाउने बताए । प्रदेश कानून समितिका सदस्य खुमाकान्त पौडेलले छलफलमा उठेका सुझावलाई समावेश गरेर ऐनलाई पूर्णता दिइने बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता