ताजा अपडेट »

रुपन्देहीमा तिनाउ खोलामा डुबेर २ जना बेपत्ता

शुक्रबार, १६ साउन २०७७, १९ : ५४
10 Shares


बुटवल । तिनाउ खोलामा डुबेर २ जना बेपत्ता भएको छन् । शुक्रबार दिउँसो बुटवल उप–महानगरपालिका–ं११ झोलुङगेपुल स्थित तिनाउ नदिमा पौडि खेल्ने क्रममा सोही ठाउँका १९ वर्षीय हरी दर्जा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खड्काले बताए ।

यस्तै शुक्रबार नै तिनाउ खोलामा नुहाउने क्रममा डुबेर ६ वर्षीया बालिका बेपत्ता भएकी छिन् । सियरी गाउँपालिका–३ जगहताका गोपालमणि चौधरीकी ६ वर्षीया छोरी ज्योति चौधरी तिनाउ खोलामा नुहाउने क्रममा क्रममा डुबेर बेपत्ता भएको प्रहरी प्रवक्ता खड्काले बताए । सोही गाउँपालिकाको भैसाखादरस्थित मामा घरमा गएकी बालिकाको हजुरआमासँग बाख्रा चराउन गएको बेला नुहाउने क्रममा तिनाउ खोलामा डुबेर बेपत्ता भएकी हुन् । बेपत्ता दुवै जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।