२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

बुटवल । विश्वव्यापी कोरोना महामारीले यो वर्षको हरितालिका तीज सुनसान हुने देखिए पनि कलाकारहरुले पछिल्लो समय बजारमा ल्याएका तीजका गीत संगीतले भने बजार तताएको छ । कोरोना महामारीसँगै सामाजिक गतिविधीमा कमी आएपनि कलाकारहरुले माहोल तताएका छन् ।पछिल्लो समय बजारमा आएका तीज गीतहरुले सकारात्मक भन्दा बढी नकारात्मक टिका टिप्पणी पाउने गरेका छन् ।

Advertisement

सस्तो लोकप्रियताका लागि समाजले पचाउँनै नसक्ने शब्द तथा भेषभुसासहित आएका गीत तथा म्यूजिक भिडियोहरुले लोक सँस्कृति तथा परम्पराहरुमा समेत नकारात्मक प्रभाव परेको भनि आलोचना बढ्न थालेको छ । कतिपय गीतका कभर पोष्टर, शब्द तथा भेषभुसाको भड्किलो प्रयोगले परिवारसँग सँगै बसेर सुन्न र हेर्न समेत कुरी–कुरी लाग्ने खालका छन् । आधुनिकताका नाममा छाडापन र उत्ताउदा गीतहरु सामाजिक सञ्जालमा भाइरल हुन पुगेका छन् । तीज भाकाहरुमा महिलाका पीडा–वेदना र धार्मिक परम्पराहरु समेटेर तयार पारिएका सिर्जनाहरु पछिल्लो समय गुमनाम हुने हो कि भन्ने अवस्थामा पुगेका छन् । विगतमा घरमा सासु–बुहारी बीचको मनमुटाव, पर्देशी र घरदेशीका कथा तथा धर्म र कर्मका बारेमा तीज गीतका भाकाहरुबाट पोख्ने गरिन्थ्यो ।

लोकदोहोरी प्रतिष्ठान प्रदेश ५ का अध्यक्ष डिल्लीनाराया पाण्डेले भने बजारमा आएका नयाँ तीज गीतहरुले विकृति फैलाए पनि समय सान्दिर्भक भएको बताउँछन् । उनले बदलिदो समयसँगै आधुनिकतामा आधारित युवा पुस्ताले रुचाउने खालका गीतहरु बजारमा ल्याउनु स्वाभाविक रहेको बताए । आधुनिकताका नाममा अश्लिलतालाई भने ख्यान गर्नु पर्ने उनको भनाई छ । बजारमा आउने गीत सँगीतलाई स्तरीय तथा श्रोताले सुन्न लायक बनाउनका लागि सेन्सर बोर्डको आवश्यकता औल्याए ।

आधुनिकताको नाममा समाजमा विकृती फैलाउने गीतहरुले हरितालिको तीजकै बदनाम गरेको दर्शक श्रोताहरुले गुनासो गर्न थालेका छन् । आफू र आफ्नो गीतलाई भाईरल बनाई यूटुभ भ्युअर्स बढाउने लोभमा कलाकारहरुले तीजलाई भड्किलो बनाउनेतर्फ लागिरहेका छन् । पछिल्लो समय बजारमा आएका तीज भाकाका कारण कलाकारहरु सकारात्मक तथा नकारात्मक टिप्पणी मात्र होइन ‘ट्रोल’का सिकासमेत बनेका छन् । ‘बरिलै लरिलै…’ बोलको गीतमा पोशाकका कारण आलोचित बनेकी छन् लोक गायीका प्रिती आले, यस्तै तीज भाकामा महिलाको पोशाक लगाएका कारण दर्शक श्रोताबाट ताली भन्दा बढी गाली खाने कलाकारमा परेका छन् दुर्गेश थापा । यस्तै तीज गीतमा प्रयोग भएका शब्दहरु र भिडियोमा प्रयोग गरिएको भेषभुषाबाट सदैव चर्चित हुने गरेकी छिन्, ज्योती मगर । केही वर्ष अगाडी ढाले बिरालो नामक तीज गीत पनि उत्तीकै भाइरल भएको थियो र दर्शकहरुको आलोचनाको पनि ओईरो लागेको थियो । यो वर्ष उनले बजारमा ल्याएको ‘राँची पठाइदे…’ बोलको गीतले पनि सकारात्मक तथा नकारात्मक दुबै प्रतिक्रियाहरु बराबर जस्तै पाएको छ ।

यसपालिको तीज गीतबाट गायीका सोफिया थापाको पनि बजारमा चर्चा रहयो । ‘अबको तीज नो वर्त प्लीज..’ बोलको गीत बजारमा ल्याएकी थापाले हिन्दु संस्कृती तथा परम्परालाई आँच पुर्याएको भन्दै केहीले आलोचना गरे । हाइलाइट्स नेपालको युटुब च्यानलबाट सार्वजनिक भएको सो गीत ‘धार्मिक आस्थामाथि प्रहार गरेको’ भन्दै हिन्दु जागरण नेपालले आपत्ति जनाएपछि उक्त युटुवबाट हटाईएको छ । तीजमा व्रत नबस्न आग्रह गरेकी उनले नेपाली समाजमा गलत सन्देश पठाएको भन्दै सामाजिक सञ्जालमा आलोचित भएकी हुन् । आलोचना मात्र होइन सोफियाले समाजको वास्तविक अवस्तालाई चित्रण गरी परिवर्तन गर्न उत्प्रेरणा सिर्जना गर्ने कोसिस गरेको भन्दै समर्थन गर्नेहरु पनि उल्लेख्य मात्रामा पाउन सकिन्छ ।

लोकदोहोरी प्रतिष्ठान रुपन्देहीका अध्यक्ष दिपक कार्कीले आधुनिकतासँगै बजारमा आएका गीतहरु समय सान्दिर्भक भएपनि ती गीतहरुले समाजमा विकृती सिर्जना भएको बताउँछन् । उनले नयाँ गीत संगितहरुले मौलिकता हराएको भन्दै समाजमा नकरात्मक सन्देश पठाएको गुनासो गर्छन् । अध्यक्ष कार्कीले तीज गीतहरु बजारमा ल्याउने कलाकारहरुको प्राईभेट अधिकार भएकाले त्यसमाथि आक्षेप लगाउन नपाउने बताउँदै कलाकारहरुलाई विकृती फैलाउने गीत नबनाउन आग्रह गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ? नागरिकता विधेयक : मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणको फाइल झिकाउन आदेश