१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

 काठमाडौँ । राष्ट्रिय गौरवका सडक आयोजनामा गत वर्ष कोभिड–१९ का कारण लक्ष्यभन्दा कम प्रगति देखिएपनि आगामी वर्षमा कामको गति बढाएर निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

Advertisement

विसं २०७९र८० मा सम्पन्न गर्ने लक्ष्य लिइएको मध्यपहाडी र हुलाकी राजमार्ग निर्धारित समयमै सम्पन्न हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मध्यपहाडी ९पुष्पलाल० लोकमार्गको निर्माण विसं २०६४÷६५ शुरु भए पनि पूर्णरुपमा शुरु भएको चार वर्ष मात्रै भएको छ । गत आवमा साढे तीन महिना काम गर्न नपाए पनि आगामी वर्षमा तीव्ररुपमा काम अघि बढाइने मन्त्रालयको योजना रहेको सचिव देवेन्द्र कार्कीले बताउनुभयो । आयोजनाको गत वर्षको भौतिक प्रगति ५३ प्रतिशत र वित्तीय प्रगति ४७ प्रतिशत रहेको छ ।

झण्डै एक हजार ९०० किमीमध्ये आधा कालोपत्र सकिएको छ । एक वर्षमा तीनदेखि साढे ३०० किमी कालोपत्र गरेर निर्धारित समयमा सम्पन्न हुने उहाँले बताउनुभयो । आयोजनामा गत आवमा ३५० किमी कालोपत्रको लक्ष्य लिइएकामा १११ किमी मात्रै सम्पन्न भएको छ । सडक कालोपत्र समय फागुनबाट शुरु भएकामा त्यही समयमा भएको बन्दाबन्दीका कारण अपेक्षा गरेअनुसार काम गर्न नसकिएको सचिव कार्कीले बताउनुभयो । आयोजनामा विगत तीन वर्षदेखिको भौतिक प्रगति शतप्रतिशत रहेको थियो । उहाँले भन्नुभयो, “अनुकूल समय भएको भए यो वर्ष पनि लक्ष्यानुसार नै हुन्थ्यो ।”

तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको हुलाकी राजमार्गमा गत अवमा ३५० किमी कालोपत्र र १९ पुल निर्माणको लक्ष्य लिइएको थियो । गत आवमा १९२ किमी सडक कालोपत्र सम्पन्न भएको छ । आयोजनाको जम्मा लागत ६५ अर्बमध्ये आठ अर्ब भारतीय सहयोग रहेको छ । आव २०७९÷८० मा सम्पन्न गर्ने लक्ष्य लिइएकामा २०८०÷८१ नपुग्ने सचिव कार्कीको दाबी छ ।

राष्ट्रिय गौरवको आयोजना उत्तर दक्षिण लोकमार्गअन्तर्गत तीन करिडोर निर्माण कहिलेसम्म सम्पन्न गर्ने भनी लक्ष्य निर्धारण गर्न कठिन रहेको सचिव कार्कीले बताउनुभयो । कालीगण्डकी करिडोरमा ट्राक खोलेर सवारी साधन सञ्चालन भइरहेका छन् भने कोशी र कणार्ली करिडोरमा ट्राक खोल्ने काम मात्रै थोरै बाँकी छ । कोशी करिडोरमा १४ किमी ट्राक खोल्न बाँकी रहेकामा यसको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । यस वर्ष भित्रमै सो ट्राक खोल्ने काम सकिने बताइएको छ ।

कणार्लीमा झण्डै २१ किमी बाँकी रहेकामा सडक विभाग र नेपाली सेना दुवैले काम गरिरहेको छ । काली गण्डकीमा ३०० मिटर बाँकी रहेकामा चालू आवभित्रै सकिने लक्ष्य लिइएको छ । कालीगण्डकी करिडोर जस्तै थप दुई करिडोरमा चालू आवभित्रै गाडि गुडाउन सकिने सचिव कार्कीले बताउनुभयो । यी सडकको स्तरोन्नतिका लागि भने पहिले स्रोत सुनिश्चित नभएसम्म यो वर्षसम्म सम्पन्न हुन्छ भन्न नसकिने बताइएको छ ।

कालीगण्डकी करिडोरमा दातृ निकायको सहयोगमा गैँडाकोट–राम्दी २४५ किमी कालोपत्रको काम शुरु भएको छ । सरकारको आफ्नै स्रोतबाट बेनीबाट जोमसोमसम्मको सडक कालोपत्र भइरहेको छ । भौगोलिक कठिनाइ र निर्माण व्यवसायीले काम नगरेकाले गत वर्ष सम्पन्न नभएको सो खण्ड आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य लिइएको छ । उहाँले भन्नुभयो, “बाँकी भागमा पनि ठेक्कामार्फत अघि बढाउन सकिनेछ ।”

ठूला आयोजनामा खर्च गर्न नसकिने समस्या देखिने भए पनि सडकका आयोजनामा यो समस्या नरहेको उहाँको भनाइ छ । मध्यपहाडी र हुलाकी राजमार्गमा गत वर्षहरुमा शतप्रतिशत खर्च भइरहेको थियो । बजेटको सुनिश्चितता योजना बनाउने चरणमा नै स्रोत सुनिश्चित हुँदा सहज हुने उहाँले बताउनुभयो । मन्त्रालयअन्तर्गत राष्ट्रिय गौरवका आयोजनाहरुमा मुख्य समस्याका रुपमा ‘एलाइन्मेन्ट’ विवाद रहेको छ । मध्यपहाडी लोकमार्गमा धेरै ठाउँमा ‘एलाइमेन्ट’ नै परिवर्तन हुनुपर्ने माग स्थानीयवासीले राख्ने गरेको सचिव कार्कीले बताउनुभयो ।

यो समस्या समाधानका लागि स्थानीय राजनीतिक नेतृत्वसँग छलफल गर्दै काम भइरहेको छ । आयोजनाले एउटा निश्चित ‘एलाइमेन्ट’ निर्धारण गरे पनि स्थानीयस्तरमा ‘यता होइन उता छिटो हुन्छ’ भनेर दबाब दिने गरेको उहाँले बताउनुभयो ।

विभिन्न सडकमा अधिकार क्षेत्र ९राइट अफ वो० को समस्या देखिने गरेको उहाँले बताउनुभयो । कतिपय सडकमा स्थानीयवासीले ‘डबल लेन’ का लागि जग्गा छाडेपनि त्यसपछिको के गर्ने भन्ने अन्योल छ । राजमार्गको चौडाइ ५० मिटर वा कम्तीमा ३० मिटर गर्न सकिने अवस्था नभएको उहाँको भनाइ छ । योजनाका क्रममा रहेका जलाशययुक्त आयोजनाले पनि सडक आयोजनालाई ‘एलाइमेन्ट’ परिवर्तन गर्न पत्र दिने गरेका छन् ।

मन्त्रालयले भने सडक निर्माण गर्दाको लगानी उठीसक्दा पनि निर्माण शुरु नहुने आयोजनाका कारण सडकको ‘एलाइमेन्ट’ परिवर्तन गर्न ठीक नहुने बताएकोछ । सडक निर्माणका क्रममा निर्माण सामग्रीको समस्या समाधान नभएको र सडकमा रहेका ‘युटिलिटि’ हटाउन नसक्दा काममा बाधा पुगेको पनि उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य