May 28, 2023
बुटवल । नेपालमा शुक्रबार थप २२४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर गरी २२४ जनामा कोरोना संक्रमण भएको बताएका हुन् ।
१० हजार ७८६ जनामा गरिएको पिसिआर परिक्षणमा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको कूल संख्या १९ हजार ७७१ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर गरी थप १५१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस संक्रमणमुक्त हुनेको कूल संख्या १४ हजार ३९९ पुगेको छ । कोरोनाबाट नेपालमा हालसम्म ५६ जनाको मृत्यु भएको छ ।
प्रतिकृया दिनुहोस्