२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले पर्व मनाउँदा भीड नगर्न आग्रह गरेको छ । “पछिल्ला दिनमा कामपासँगै उपत्यका नै कोरोना सङ्क्रमणको जोखिम बढ्दै गइरहेको छ । जात्रा र पर्वको समय पनि शुरु भएको छ । यो हाम्रा लागि चुनौतीपूर्ण समय हो”, कामपाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, “शुरुका दिनमा महानगर र समग्र उपत्यकावासीले नै लकडाउनको पूर्ण पालना गरी उपत्यकालाई शान्त बनाउनुभयो, लकडाउन खुकुलो भएसँगै उपत्यका बाहिरबाट भित्रिनेको सङ्ख्यामा वृद्धि हुँदा जोखिम बढेको छ । यस्तो बेलामा हामी सबैले सतर्कता अपनाउनुको अर्को विकल्प छैन ।” बिहीबार सम्पन्न कामपाको ५०औँ कार्यपालिका बैठकले बिभिन्न प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो ।

Advertisement

उहाँले गृह प्रशासनले असुरक्षितरूपमा उपत्यका प्रवेश गर्नेलाई नियन्त्रण नगर्ने हो भने उपत्यकाको अवस्था झन जोखिम हुने बताउनुभयो । “अहिलेसम्मको प्रतिवेदनलाई आधार मान्ने हो भने उपत्यका बाहिरबाट प्रवेश गर्नेहरुमै बढी सङ्क्रमण देखिएको छ”, उहाँले भन्नुभयो, “उनीहरुबाटै समुदायमा समेत कोरोना सङ्क्रमण फैलिनसक्ने सम्भावना भएकाले सबैभन्दा पहिला उपत्यका प्रवेशका क्रममा सावधानी अपनाउन आवश्यक छ ।” कामपा उपप्रमुख हरिप्रभा खड्गीले जात्रा पर्व मनाउने सन्दर्भमा उपत्यका नगरपालिका फोरमको एउटै आवाज हुनुपर्ने धारण राख्नुभयो । बैठकले कामपा विपद् व्यवस्थापन कोष ९सञ्चालन० कार्यविधि २०७७ र स्वास्थ्य संस्था दर्ता नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि–२०७७ पनि पारित गरेको छ ।

त्यसैगरी बैठकले भवन निर्माणको भेरियसन स्वीकृत गरेको छ भने चालू आर्थिक वर्षका लागि निर्माण सामग्रीको दररेट स्वीकृत गरेको छ । जिल्ला दररेट निर्धारण समितिले स्वीकृत गरेको निर्माण सामग्री, ज्याला, ढुवानी, भाडाको दररेट नै महानगरले स्वीकृत गरेको हो । काठमाडौं उपत्यकामा हालसम्म ५७३ जनामा कोरोना भाइरसको पुष्टि भएकोे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले भन्नुभयो, “काठमाडौँ उपत्यका जस्तो उच्च जनघनत्व बढी भएको ठाउँमा सङ्क्रमण फैलिएमा जटिल समस्या आउन सक्छ । सबैले सचेत हुनुपर्छ ।” पछिल्लो समय भारतबाट कामका सिलसिलामा उपत्यका प्रवेश गर्नेहरुमा सङ्क्रमणको जोखिम उच्च देखिएको जनाइएको छ । उहाँले भन्नुभयो “यसरी आउने व्यक्तिले सम्बन्धित स्थानीय तहलाई सूचना आवश्यक छ ।”

जोखिममा रहेका समूहलाई परीक्षणको दायरामा ल्याउनुपर्छ । यसो भयो भने महामारी नियन्त्रण गर्न धेरै सहज हुने उहाँको भनाइ छ । मास्कको प्रयोग नगर्ने, गरे पनि उचित तरिकाले प्रयोग नगर्ने प्रवृत्तिले सङ्क्रमणको जोखिम बढेको छ । मास्कको उचित प्रयोग भयो भने ७० प्रतिशत बढी सङ्क्रमणको जोखिमबाट बच्न सकिन्छ । निर्देशक डा पाण्डेका अनुसार उपत्यकामा देखिएका कोरोनाका सङ्क्रमितमध्ये ३५० स्थानीयवासी रहेका छन् । उहाँहरुमध्ये २१० पुरुष र बाँकी महिला छन् । सङ्क्रमितमध्ये केहीलाई जटिलता देखिएको पनि जानकारी गराइएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका