May 28, 2023
बुटवल । बिहीबार सुनको मूल्य फेरी बढेको छ । केहि दिनदेखि लगातार बढिरहेको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर ९९ हजार पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार यो अहिलेसम्मकै उच्च हो ।
बुधबार सुन ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बिहिबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार २० रुपैयाँले घटेको चाँदीको मूल्य आज स्थिर रहेर १ हजार २ सय २५ रुपैँयामा कारोबार भैरहेको छ । अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेको कारण त्यसको असर नेपालमा पनि परेको महासंघले जनाएको छ ।
प्रतिकृया दिनुहोस्