२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

फाइल तस्वीर

मुग्लिन । अविरल वर्षासँगै आएको बाढीले पुल बगाएपछि चितवनको इच्छाकामना गाउँपालिका–७ का स्थानीयवासीलाई गाउँपालिका कार्यालय कुरिनटार र सदरमुकाम भरतपुर जान कठिनाइ भएको छ । यही साउन ११ गते राति वर्षासँगै आएको बाढीले वडा नं ७ स्थित हरिपुर पुल बगाएपछि पूर्णरुपमा यातायात अवरुद्ध बनेको हो ।

Advertisement

अवरुद्ध यातायात पुनः सञ्चालन गराउन तत्काल अस्थायी रुपमा सडक निर्माणको काम शुरु भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो । अस्थायी सडक निर्माणका लागि खोलामा ह्युम पाइप जडान गरी वरपर ग्याबिन, तार, जाली र ग्राभेलिङ गर्ने काम भइरहेको अध्यक्ष गुरुङको भनाइ छ । अस्थायी सडक निर्माणका लागि १२ ह्युम पाइप र ४० ट्रिप ढुङ्गा ग्राभेल राख्ने काम भएको अध्यक्ष गुरुङले बताउनुभयो ।

यही साउन १२ गतेदेखि नै अस्थायी सडक निर्माण शुरु गरिएको र एकदुई दिनभित्र अवरुद्ध यातायात सञ्चालन गरिने पनि उहाँले बताउनुभयो । झण्डै दुई दशकअघि बनेको पुल बाढीले बगाउँदा इच्छाकामना–७ अन्तर्गत खेतबारी, स्याङ्दी, सिमलढाप, गर्दासलगायत नागरिक हरिपुर पुल हुँदै सदरमुकाम भरतपुर र गाउँपालिका केन्द्र कुरिनटार आउजाउ गर्ने गर्थे ।

बाढीले पुल भत्काएपछि त्यस भेगका करीब तीन हजारभन्दा बढी नागरिकलाई यातायातमा आउजाउ गर्न असुविधा भएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका